प्रदेश १ को राजधानीबाट शुभारम्भ भयो यात्रापूर्व

November 24, 2019     Paryatan Yatra

विराटनगर नेपाल भ्रमण वर्ष२०२० नजिकिँदै गर्दा काठमाडौंबाट निस्केको एउटा पर्यटकहरूको टोली प्रदेश को राजधानी विराटनगर आइपुगेको टोलीले प्रदेश का प्रमुख पर्यटकीयस्थल घुम्नेछ प्रदेश का मुख्य पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि यो यात्रा फलदायी हुने विश्वास प्रदेश सरकारले लिएको यात्रामा बैंकरदेखि पत्रकार, पूर्वमिस एसियासम्म सहभागी छन् प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले इमाजिन नेपालको सहकार्यमा विभिन्न क्षेत्रका व्यक्तिलाई यात्रामा सहभागी गराएको हो प्रदेश का पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा प्रचार गर्नका लागि एकहप्ते यात्रा सुरु गरिएको मन्त्री जगदिशप्रसाद कुसियैतले जानकारी दिनुभयो हामीले हाम्रा ठाउँहरूसम्म लगेर घुम्न लायक ठाउँहरू यस्तायस्ता रहेछन् भन्ने जानकारी गराउन नै यात्रापूर्वको आयोजना गरेका हौं, उहाँले भन्नुभयो, ‘यसले केन्द्रीय सरकारले घोषणा गरेको भ्रमण वर्षलाई समेत टेवा पुग्नेछ

आइतबार विरटानगरको होटल नमस्कारमा आयोजना गरिएको कार्यक्रममा अतिथिलाई प्रदेश का मुख्यमन्त्री शेरधन राईलगायतले भव्य स्वागत गर्नुभयो मुख्यमन्त्री राईले सहभागीलाई खादाले स्वागत गर्नुभएको थियो प्रदेश का सबैभन्दा होचो कचनकवलदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथासमेत रहेको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकार पर्यटकीयस्थलहरूको भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता राखेको बताउनुभयो मुख्यमन्त्री राईले पहिले आफ्नो ठाउँ घुमफिर गरेर त्यसको बारेमा जानकारी राखेमात्र देश बुझ्ने प्रदेशवासीलाई आग्रह गर्नुभयो कञ्चनजंघादेखि मकालु सगरमाथासम्म मुन्धुम ट्रेलको विकास गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढेको धेरै पर्यटकीयस्थलको प्रवद्र्धनमा सरकारले काम गरिरहेको उहाँको भनाइ थियो हाम्रो प्रदेश चिया, रुद्राक्ष गुराँसको पनि राजधानी हो, उहाँले भन्नुभयो, ‘यी सबैको विकासलाई प्रदेश सरकार सधैं सँगै

नबिल बैंकका सिईओ अनिलकेशरी शाहले प्रदेश सरकारले आफ्ना ठाउँको प्रचारको लागि ल्याएको सोच नविनतम भएको बताउनुभयो हाम्रो धेरै राम्रा ठाउँसम्म हामी पुग्न सकेका छैनौं, उहाँले भन्नुभयो, ‘पहिले आफ्नो ठाउँ चिन्नु घुम्नु नै हाम्रो प्रयास हुनुपर्छ यात्रामा सहभागी मिसेज एसिया युनिभर्स २०१७ पिंकी राजगढियाले पूर्वक्षेत्रको सुन्दरताबारे बखान गर्नुभएको थियो

यात्रामा गायिका अभया सुब्बा, विभिन्न मिडियाका पत्रकार, ब्लगर, अष्ट्रेलियाका पर्यटकसमेत सहभागी छन्   यात्राको सहकार्यमा सहयोग गरेका अमेरिका निवासी पाइलट प्रितम कुसियैतले प्रदेश का पर्यटकीय गन्तव्यलाई प्रदेशका साथै विश्वभर प्रचार गर्ने उद्देश्यले यात्रापूर्वको कार्यक्रम तय गरिएको जानकारी दिनुभयो यात्रामा ७० जना सहभागी छन् यो टोली शनिबार बेलुका कोशीटप्पु आइपुगेको थियो आइतबार बिहान सुनसरी चिमडीको बर्जुताल भ्रमण गरेको थियो टोली इलामको सन्दकपुरसम्म जानेछ  

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.