इलामको सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ । सरकारको घोषणा गरेको १ सय पर्यटन गन्तब्यभित्र पर्ने यस स्थानमा मंसिर १४ देखि १८ सम्म महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । इलामको कन्याम(फिक्कल(श्रीअन्तु सर्किट निर्माण गरी पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका मेयर रणबहादुर राइले बताए ।
५० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गर्नेछ । भारतको दार्जलिङ, सिक्किम, भुटान तथा बंगलादेशबाट समेत एकै दिनमा आइपुग्ने पहाडी गन्तब्य भएकोले सुर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जलिङको स्थानीय सरकारसँग पनि सहकार्य गर्न लागेको उनले जानकारी दिए । पहाडी क्षेत्रमा भारतसँग सिमाना जोडिएको एक मात्र पक्की सुगम सडक मार्गबाट इलाम भित्रने पर्यटक बढिरहेको उनले जानकारी दिए । आकर्षक सुर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सिमाना जोडिएको बजार पशुपतिनगर, रेड पाण्डा संरक्षण स्थल गोर्खेलगायतका स्थानमा महोत्सव भर विभिन्न सांस्कृतिक कार्यक्रम गरी पर्यटकलाई स्वागत गरिने भएको छ ।
उक्त अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने तयारी भइरहेको बताए । पर्यटन विकाशका लागि पूर्वाधार आवश्यक रहेका बताउदै उनले भने ‘सुर्योदय नगरपालिका पर्यटनको गन्तब्य नै गन्तब्य हो । यहाँका हरेक वडामा सडक र बत्ति पुगेको छ ।’
७३ चिया उद्योग रहेको नगरापालिकालाई टि टेस्टिङ सेन्टरको रुपमा विकास गर्ने तयारी भइरहेको नगरपालिका, वडा ९ का अध्यक्ष देबेन्द्र शर्माले बताए । उनका अनुसार नगरक्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा होमस्टेले दैनिक ३ हजार ७ सय ५० पर्यटकलाई सेवा दिन सक्छन् ।
अनलाइन खबरबाट
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।