आठपहरिया समुदायमा मंसिरे चाडको रमझम

November 12, 2019     Paryatan Yatra

कार्तिक २६ । खास थातथलो धनकुटा भएका अल्पसंख्यक आठपहरियाहरु यति बेला मंसिरे चाडको  रमझममा भूलेका छन् ।

 

 

मंसिर पूर्णिमा देखि औंसीसम्म १५ दिन भरि मनाइने मंसिरे चाडलाई उनिहरु वाडाङमेट भन्दछन् ।

यो अबधीमा उनिहरु परिवारको जेठोछोराको जन्मोत्सवलाई हर्षबढाइ गरि मनाउँछन् । बर्षभरि दिवंगत भएकोहरुको पितृकार्यपनि सक्ने गरिएको आठपहरिया अगुवा दिनेश आठपहरियाले बताए । घरघरडुली समूह–समूहमा गोल बद्ध भएर १५ दिन सम्म निरन्तर नाचगान गर्दै एक बर्ष भरि मृत्यू भएका आफन्तहरुको चीर शान्ति र भावी पुष्ताको उन्नतीको कामना गर्दै आफूआफूमा शुभकामना साटासाट गर्ने चलन यो समुदायमा छ ।

वाडाङमेट आठपहरियाहरुको सबैभन्दा ठूलो चाड हो । कार्तिक पूर्णिमाबाट सुरु हुने यो चाड आ–आफ्ना घरमा अन्न र मासुबाट बनाईएका विभिन्न परिकार चिउरीको पातमा राखेर आफन्तलाई प्रसाद स्वरुप बाँडेर खाई अ‍ैंसीमा समापन गरिन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.