उर्लाबारी: पूर्वपश्चिम राजमार्गअन्तर्गत
मोरङको उर्लाबारी–३,
मङ्गलबारे चोकबाट करीब २
किलोमिटर उत्तर चारकोशे जङ्गलभित्र अवस्थित रहेको
छ, बेतिनी सिमसार
।उर्लाबारी–२ स्थित बेतिनी
सामुदायिक वनको हाताभित्र ६१
हेक्टरमा फैलिएको उक्त सिमसार व्यवस्थित पयर्टकीय स्थलमा
रूपान्तरण भइरहेको छ । उर्लाबारी नगरपालिकाले दोस्रो
स्थापना दिवसको सन्दर्भमा नगरलाई
‘सिमसारयुक्त पर्यटकीय नगर’ घोषणा गरेको
थियो ।
सोहीअनुरूप नै सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल
बनाउने जमर्काे भइरहेको छ
। सिमसार क्षेत्रमा तारजाली, पक्की
शौचालय, चौतारा, सडक
ग्राभेललगायतका
कार्य सम्पन्न भइसकेका छन्
भने बनकै हाताभित्र बाल
उद्यान निर्माण भएको
छ ।
त्यस्तै, सङ्घीय सांसद क्षेत्र विकास
कोषको १५ लाख
रुपैयाँबाट वनभोजका लागि व्यवस्थित टहरा,
शौचालय र खानेपानीको प्रबन्ध मिलाइएको समितिका कोषाध्यक्ष ज्योति
थापाले जानकारी दिए
। उनका अनुसार
उर्लाबारी नगरपालिकाबाट सिमसारको बाँध निर्माणका लागि
२ लाख रुपैयाँ विनियोजन भएको
छ ।
समितिले सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन
आकर्षक फलैँचा, फूलबारी, सेल्फी
डाँडालगायत निर्माण गर्ने बेतिनी सामुदायिक वन
उपभोक्ता समूहका अध्यक्ष भीम
राईले बताए ।
सिमसार क्षेत्रमा रहेको
पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा राखिएका तीनवटा
बाघका प्रतिमालाई बाल
उद्यानमा स्थानान्तरण गरी उक्त स्थानमा आकर्षक
फलैँचा निर्माण गरिने
अध्यक्ष राईले बताए ।
एकान्त र सुन्दर वातावरण रहेका कारण पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने अध्यक्ष राईको भनाइ छ । ‘हामीले सिमसारलाई पूर्वकै नमूना पयर्टकीय स्थल बनाउने जमर्काे गरिरहेका छौं’, उनले भने, ‘अझै सिमसारलाई व्यवस्थित बनाउन बाँकी नै छ ।’ हालसम्म सिमसारको विकासमा डेढ करोडभन्दा बढी रकम खर्च भइसकेको उनले जानकारी दिए ।
सिमसारमा २ वटा डुङ्गा
सञ्चालनमा रहेका छन् भने
यसै आर्थिक वर्षभित्र २
वटा थप गर्ने
योजना रहेको सदस्य
मिलन दाहालले जानकारी दिए
। सिमसारलाई व्यवस्थित बनाउन
प्रवेश शुल्क प्रतिव्यक्ति १०
रुपैयाँ तोकिएको उनले बताए ।
सिमसार क्षेत्रमा दैनिक
४÷५ सय
आन्तरिक पर्यटकहरू आउने गरेका छन्
भने बिदाको समयमा
सिमसार घुम्न आउनेको
सङ्ख्या अत्यधिक हुने गरेको समितिका सदस्य
चन्द्र फोम्बोले जानकारी दिए
।
सिमसार क्षेत्रको विकासका लागि
३३ करोडको गुरुयोजना तयार
भइसकेको छ । हाल
दुई वटा पोखरी
रहेका छन् ।
पोखरीमा डुबेर मृत्यु हुनेको
सङ्ख्या बढेपछि दुवै पोखरीमा अहिले
पौडी खेल्न रोक
लगाइएको छ ।
छुट्टीको समयमा सिमसार क्षेत्रमा वनभोज
खान र घुम्नका लागिसमेत आन्तरिक पर्यटकहरू आउने
गरेका छन् ।
२०६३ सालदेखि नै
सिमसारलाई पयर्टकीय क्षेत्र बनाउने भन्दै बेतिनी
सिमसार तथा मिक्लाजुङ पर्यटन
एकीकृत विकास सङ्घ
गठन गरिएको थियो
। उक्त सामुदायिक वन
क्षेत्रमा बेत, सर्पगन्धा, हर्राे,
अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पतिहरू पाइन्छन् ।
चराचुरुङ्गीहरूमा
मैना, लुइँचे, धनेश,
मयुर, बट्टाई, हाँडीफोर, बकुल्लालगायत पाइन्छन् ।
यसैगरी सो स्थान
आसपास मृग, हरिण,
चितुवा, बँदेल, दुम्सी,
सालक, वन बिरालो,
गोहोरो, अजिङ्गरलगायतका जीवजन्तुहरू पाइन्छन् ।
सिमसार क्षेत्रमा बेत,
सर्पगन्धा, कवै, चाप, सिमसाग,
भुइँचम्पा, ओरेसा, सुनाखरी, लौठसल्लाजस्ता लोपोन्मुख वनस्पतिहरू समेत
रहेका छन् ।
थुप्रै प्रकारका स–साना जीवजन्तुहरू समेत
यहाँ देख्न पाइन्छ
।
सुन्दर र एकान्त
वातावरणमा रहेका कारण पनि
पर्यटकहरूका लागि पहिलो रोजाइमा बेतिनी
सिमसार पर्ने गरेको
स्थानीय युवा मनोज बुढाथोकी बताए
। सिमसारलाई अझै
व्यवस्थित रूपमा अगाडि बढाउन
सकिए आन्तरिक तथा
बाह्य पर्यटक भित्र्याउन सकिने
थुप्रै सम्भावनाहरू रहेको
उनको धारणा रहेको
छ ।
सो सिमसार पर्यटकीय केन्द्रका साथै
विद्यार्थीहरूको
लागि अध्ययन गर्ने
थलोको रूपमा विकास
हुन सक्ने भएकाले
त्यसको संरक्षण र
विकास गर्न आवश्यक
छ । साथै
प्रेमजोडीहरूका
लागि पनि राम्रो
‘डेटिङ’ स्पट बनिरहेको छ,
बेतिनी सिमसार ।
सिमसारमा बर्खाको भेलबाढीमा समेत पानी नधमिलिने तथा
जुनै मौसममा पनि
पानी घटबढ नहुने
अनौठो विशेषता रहेको
छ ।