काँकडभिट्टा । हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलकाे लागि काेशी प्रदेशको टाेली काेलकता प्रस्थान गरेको छ । बिभिन्न साँस्कृतिक समुहहरू सहित १५० भन्दा बढी सहभागी ओरेन्ज महाेत्सवकाेलागि काेलकता प्रस्थान गरेकाे हाे । काेलकता प्रस्थान गर्नु अघि पर्यटन कार्यालय काँकडभिट्टाकाे ब्यवस्थापनमा ग्रीन जेनेरेशन झापाले पत्रकार सम्मेलन गर्दै भारतमा हुने ओरेन्ज महाेत्सव नेपालकाे पर्यटन प्रवर्द्धनसँग समेत जाेडिएकाे जानकारी गराईएकाे थियाे ।
पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले काेशी प्रदेश भ्रमण बर्षकाे पूर्बसन्ध्यामा याे कार्यक्रम भएकोले काेशी प्रदेशकाे प्रचार प्रसार गर्नुपनि रहेको बताए । उनका अनुसार, काेशी प्रदेश भ्रमण बर्षकाे सन्दर्भ पारेर काेशीमा पर्यटक भित्र्याउन मुद्रा सटहीलाई ब्यबस्थापन भएको बताए । सिमा नाका अध्यागमन कार्यालयले कामलाई सहज बनाएको र पर्यटक गाडीलाई स्टिकर दिएपछि सहज बनाउने काम शुरू भएको उल्लेख गरे ।
ग्रीन जेनेरेशन झापाका महासचिव मन्जिल देवानले काेशी प्रदेशबाट नेपालकाे प्रतिनिधित्व गर्दै जाने टाेलीले काेशी प्रदेशकाे पर्यटन क्षेत्रकाे प्रचार प्रसार, गन्तब्य, काेशी प्रदेशका विभिन्न सँस्कृति र संस्कारलाई त्यहाँ चिनाउन भुमिका खेल्ने बताए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक गाेपाल तामाङले काेलकतामा हुने मेलाले काेशी प्रदेशकाे मात्र हैन नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
नेकपा एमाले काेशी प्रदेशसभाका सचेतक ललिताकुमारी चाैधरी, प्रदेशसभा सदस्यहरू राधाकृष्ण खनाल, सुनिता कुमारी गच्छदार र सुनिता गुरूङकाे सहभागीता रहेको छ । पर्यटन प्रवर्द्धनकाे लागि काेशी प्रदेश सभा सदस्यहरू पनि काेलकता प्रस्तान गरेका छन् । साभार सञ्चार पाटी डटकम