भेडेटारमा जिपफ्लायर

September 17, 2019     Paryatan Yatra

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै साहसिक खेल पर्यटनको प्रवद्र्धनका लागि जिपफ्लायर संचालनको तयारी गरिएको हो । पर्यटकीय नगरी धनकुटाको भेडेटारमा साहसिक खेल जिपफ्लायर सुरु गरिने भएको हो । स्थानीय युवा व्यवसायी आशिष राई र किरण राईले तीन करोड रुपैयां खर्चेर एक हजार पांचसय मिटर लामो जिपफ्लायर संचालनको तयारी गरेका हुन् ।
भिरालो जमिनमा टागिएको तारमा घिर्नीको साहयतामा साहसिक जिपफ्लायर गरिन्छ । यसका लागि ‘लन्चप्याड’ सांगुरीगढी गांउपालिका वडा नम्वर ६ खर्क डाँडामा राखिने छ भने, ‘ल्यान्डिङ स्टेसन’ कार्किछापमा हुनेछ । यसका लागि डीपीआर सकेर पूर्वाधार संरचना निर्माणको काम भैरहेको व्यवसायी आशिष राईले जानकारी दिए । अंग्रेजी नयां वर्षको सुरुवातसंगै व्यवसायिक रुपमा संचालनमा ल्याइने उनको भनाइ छ । यो निर्माण भए दक्षिण एसियाको तेस्रो तथा नेपालको दोस्रो लामो ‘जिप फ्लायर वे’ बन्ने छ । पोखराको सराङकोटदेखि हेम्जामा एकहजार आठ सय साठी र धुलिखेलमा एकहजार तीनसय मिटर लामो जिपफ्लायर संचालनमा छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.