काठमाडौं । सन् १९८६ यता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपालले बुधबार १२औँ फाइनलको रूपमा साफ महिला च्याम्पियनसिपको उपाधिका निम्ति बंगलादेशविरुद्ध खेल्दै छ । ३८ वर्षको यो अवधिमा नेपालले ११ फाइनल खेले पनि अझै उपाधि जित्न सकेको छैन । नेपालको सिनियर महिला टिमले फाइनलको ‘डेडलक’ तोड्न नसक्दा अझैसम्म उपाधिविहीन छ ।
बुधबार (आज) नेपाललाई यो खराब इतिहास मेटाउने सुन्दर अवसर छ । साफका पछिल्ला तीन संस्करण आयोजना गरेको नेपालले यी तीनै संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको । गत संस्करण र यस संस्करणमा नेपालले सेमिफाइनलमा साफकै सबैभन्दा बलियो टिम मानिने भारतको चुनौती पन्छाएको छ ।
यसअघिको फाइनलमा नेपाल १५ हजार ७०० घरेलु समर्थकमाझ बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । यसपटक सोही मैदानमा उत्तिकै संख्याका घरेलु समर्थकमाझ बंगाली टिमलाई हराएर उपाधि जित्ने अवसर छ ।
काठमाडौं । सन् १९८६ यता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपालले बुधबार १२औँ फाइनलको रूपमा साफ महिला च्याम्पियनसिपको उपाधिका निम्ति बंगलादेशविरुद्ध खेल्दै छ । ३८ वर्षको यो अवधिमा नेपालले ११ फाइनल खेले पनि अझै उपाधि जित्न सकेको छैन । नेपालको सिनियर महिला टिमले फाइनलको ‘डेडलक’ तोड्न नसक्दा अझैसम्म उपाधिविहीन छ ।
बुधबार (आज) नेपाललाई यो खराब इतिहास मेटाउने सुन्दर अवसर छ । साफका पछिल्ला तीन संस्करण आयोजना गरेको नेपालले यी तीनै संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको । गत संस्करण र यस संस्करणमा नेपालले सेमिफाइनलमा साफकै सबैभन्दा बलियो टिम मानिने भारतको चुनौती पन्छाएको छ ।
यसअघिको फाइनलमा नेपाल १५ हजार ७०० घरेलु समर्थकमाझ बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । यसपटक सोही मैदानमा उत्तिकै संख्याका घरेलु समर्थकमाझ बंगाली टिमलाई हराएर उपाधि जित्ने अवसर छ ।
“हामी गत संस्करणमा पनि फाइनलमा बंगलादेशसँग पराजित भएका थियौँ । तर, यसलाई हामीले बदला लिनेभन्दा पनि च्याम्पियन बन्ने अवसरको रूपमा लिएका छौँ,” कप्तान एन्जिलाले भनिन् ।
एन्जिलाले भनेझै जारी संस्करणमा नेपाली टिमको प्रदर्शन असाधारण छ । समूह चरणको पहिलो खेलमा भुटानविरुद्ध गोलरहित बराबरीमा रोकिए पनि नेपालले दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० र तेस्रो खेलमा श्रीलंकाविरुद्ध ६–० ले पराजित गरेको थियो ।
सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टोली भारतविरुद्ध १० खेलाडीमा सीमित हुँदा पनि निकालेको जितले नेपाली टिम उपाधिका निम्ति योग्य रहेको सन्देश दिन्छ । तर, फुटबलमा एउटा चर्चित पंक्ति छ, ‘च्याम्पियन बन्न उपाधि जित्नैपर्छ, कुन टोली योग्य छ भन्ने कुराले अर्थ राख्दैन ।’
यसपटक पनि उपाधि जित्न नसके के हुन्छ ? फाइनलअघिको यो प्रश्नमा कप्तान एन्जिलाले भनिन्, “यसपटक टिम भावना निक्कै राम्रो छ । सम्भवतः अहिलेसम्मकै सबैभन्दा राम्रो । यसकारण पनि हामी सक्छौँ, हामी गर्छौँभन्ने हाम्रो नारालाई प्रमाणित गर्छौँ भन्ने विश्वासमा छौँ । बुधबार पनि जित्न सकेनौँ भने उपाधिका लागि नेपालले अझै ५ वा १० वर्षभन्दा पनि धेरै समय फर्किनु पर्नेहुन्छ,” उनले भनिन् ।
नेपालले अहिलेसम्म खेलेका ११ फाइनल
नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन ।
सन् २०२२ मा अस्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकपको उपाधि जितेको स्पेन र नेपाल १९८० को दशकबाट नै अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका हुन् । तर, पछिल्लो चार दशकमा स्पेनले विश्वकप च्याम्पियन बन्ने गरी प्रगति गर्दा नेपाल त्यो मञ्चमा कहिले उक्लिन्छ भन्ने अड्कल काट्न सकिने अवस्था अझै छैन ।
नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेलेका थिए । ती सबैमा हार व्यहोरेको छ । ११ फाइनल खेल्दा नेपालले सातपटक भारतसँग हार व्यहोरेको छ । यसबाहेक, बंगलादेश, म्यानमार, ताजकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार व्यहोरेको छ ।
सन् २०१० मा नेपालले दुई प्रतियोगिताको फाइनल गुमायो । नेपालले २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग ३–१ को हार बेहोर्यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।
त्यसपछि नेपालले सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग क्रमशः ३–१ र ६–० को हार व्यहोर्यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा पुनः भारतसँग ४–० को हार बेहोर्यो ।
सन् २०१९ नेपाली महिला टिमका लागि सबैभन्दा पीडादायी वर्षको रूपमा रह्यो । यो वर्ष नेपालले चार फाइनल खेले पनि चारै प्रतियोगितामा उपाधि विमुख भयो । २०१९ को फेब्रुअरीमा नेपालले हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ को हार बेहोर्यो । यसपछि नेपालले मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनल भारतसँग पुनः ३–१ को नै हारको सामना गर्यो । सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा ताजिकिस्तानसँग ३–२ को हार व्यहोरेको नेपालले डिसेम्बरमा भएको सागअन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भयो ।
सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा पुनः नेपालले हार व्यहोर्यो । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । गएको फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलको रूपमा रह्यो । उक्त फाइनलमा नेपालले जोर्डनसँग पेनाल्टी सुटआउटमा हार व्यहोरेको थियो ।
हामीसँग एसियाकै उत्कृष्ट फरवार्ड छः प्रशिक्षक
नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले साफ महिला च्याम्पियनसिपमा हालसम्म २१ गोल गरिसकेकी छन् । आजको खेलमा एक गोल गरे सावित्रा नेपालबाट साफमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछिन् । हालसम्म अनु लामा र सावित्रा भण्डारी समान २१ गोलसहित संयुक्त रूपमा यो सूचीको पहिलो स्थानमा छन् ।
फाइनलअघि नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आफूहरूसँग एसियाकै उत्कृष्ट फरवार्डमध्येकी एक रहेकाले फाइनलमा यसको फाइदा उठाउने बताए ।
“हामीसँग नेपाल, दक्षिण एसिया र एसियाकै उत्कृष्ट फरवार्डमध्येकी एक साम्बा छिन् । उनी हाल युरोपमा खेल्छिन् । उनले यसअघि विभिन्न अन्तर्राष्ट्रिय लिग खेलिसकेकी छन्,” उनले भने, “उनीसँग प्रशस्त अनुभव छ । साम्बासहित हामी जित्छौँ भनेर आत्मसाथसहित खेल्नेछौँ ।” साभार बाह्रखरी डटकम