नेदरल्याडका अलराउण्डर बास डे लैडे पोखरा एभेन्जर्समा अनुबन्धित
October 20, 2024 Paryatan Yatra
नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति पोखरा एभेन्जर्सले नेदरल्याडका अलराउण्डर बास डे लैडेलाई भित्र्याएको छ ।
पोखराले आइतबार सामाजिक सञ्जालमार्फत लैडेलाई अनुबन्ध गरेको जनाएको छ । प्रतियोगिताका निम्ति पोखरा एभेन्जर्सले २ विदेशी खेलाडी भित्र्याएको छ । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई भित्र्याएको थियो ।
लैडे मध्यम तीव्र गतिका बलर र भर पर्दा ब्याट्सम्यान हुन्। लैडेले नेदरल्याडबाट ४३ एक दिवसीय र ३८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्ध शतकसहित ६९७ रन बनाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदै छ । प्रतियोगिताका निम्ति पोखराले कुशल भुर्तेल मार्की खेलाडीमा अनुबन्ध गरेको छ ।
टिमले भारतका राजीव कुमारलाई मुख्य प्रशिक्षकमा भित्र्याएको छ ।