युवा युबतीको पहिलो रोजाइमा बेतना सिमसार

October 1, 2024     Paryatan Yatra

डेभिड घिमिरे

बेलबारी।  बेतना सिमसार पूर्वी मोरङको पुग्नै पर्ने एक प्रमुख गंत्यब्य हो। बन जङ्गल शान्त वातावरण कलकल पानी  बोटिंग आदिले आन्तरिक तथा बाहिरिए पर्यटक तान्न सफल छ।

यस क्षेत्रमा दुई प्रजातिका बेत वनस्पतिको जङ्गल नै रहेकाले यसलाई बेतना भनिएको हो। चारकोले झाडी भित्र उम्रिएको पानीले वर्षै भरी त्यहाँका ठुलठुला पोखरी भरिभराउ हुने हुँदा यस क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रका रूपमा राखिएको छ। हिउँदका समयमा यस क्षेत्रमा रुसको साइबेरिया देखिएका चराहरू आउने गर्दछन्। तिनीहरू चिसो याम भरी त्यसै सिमसार क्षेत्रमा बस्ने, त्यसको छेउछाउका रुखहरूमा फुल बच्चा गरेर हुर्काउने तथा यहाँ गर्मी याम सुरु हुनासाथ पुन हुर्काइएका बच्चाहरू लिएर साई बेरिया तिर नै फिर्ने गर्दछन्।

प्रत्येक साल मङ्सिर देखी वैशाख, जेठ महिनासम्म यस भेगमा त्यस्ता सुन्दर चराचुरुङ्गीहरू देख्न पाइन्छन्। करिब पच्चिस प्रजातिका दुर्लभ चराहरू, विश्वकै दुर्लभ प्रजातिको कछुवा, विभिन्न जातका माछा, जीवजन्तु र वनस्पतिहरू यस भेगमा पाइने गर्दछन्। जङ्गलको बिचमा रहेको सिमसारको पोखरीले यस स्थानलाई मनमोहक बनाएको छ। वातावरण, पर्यावरण र जैविक विविधताको अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरूका लागि समेत यो स्थान निकै महत्त्वपूर्ण रहेको छ।

यो ठाउँ मोरङ जिल्लाको बेलबारी नगरपालिकामा पर्छ। यहाँ पुग्न विराटनगर बाट पुष्पलाल चोक विराट चोक हुँदै बेतना पुग्न सकिन्छ। करिब ३३ किलो मिटर को दुरी तय गरेर विराटनगर बाट बेतना  पुग्न सकिन्छ। त्यसै गरी काँकडभिट्टा बाट ७६ किलो मिटर, काठमाडौँ बाट बाटै बाटो आउँदा करिब ४०० किलो मिटर रहेको छ भने हवाई मार्ग बाट आउँदा ४५ मिनेटमा विराटनगर त्या  बाट करिब १ घण्टामा पुग्न सकिन्छ । यो ठाउँ पिकनिक, कलेजको टुर आदिले आत्याधिक भिडभाड हुने देखिन्छ। धेरै जसोको या आउने योजना चाही हप्ताको अन्तिम दिन शनिवार पारेर हुने गर्दछ । यो ठाउँमा युवा युबतीहरु आत्याधिक आउने गरेका छन् । बेतना एक डेटिङ स्फोट बन्दै गएको देखिन्छ। एस क्षत्रमा जङ्गली जनवारहरू पनि देख्न सकिन्छ। प्राय गरी हरिण हात्ती बाँदर आदि देख्न सकिन्छ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.