पर्यटन विकासका लागि ‘कोशी पर्यटन वर्ष’ कोसेढुङगा साबित हुन्छ

September 29, 2024     Paryatan Yatra

सदानन्द मण्डल, मन्त्री, पर्यटन, वन तथा वातावरण मन्त्री, कोशी

विश्वमा पहिलो पटक संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठनको अगुवाइमा सांस्कृतिक सम्पदा, शान्ति र सहकारयतामा पर्यटन क्षेत्रको योगदान भन्ने नाराका साथ सन १९८० मा अन्तर्राष्ट्रिय स्तरमा विविध कार्यक्रम सञ्चालन गरी प्रथम पटक विश्व पर्यटन दिवस मनाइएको थियो ।

यसै सन्दर्भमा आज मिति २०८१ असोज ११ गते ९ सेप्टेम्बर २७ २०२४० का दिन ‘पर्यटन, न्याय र शान्ति’ भन्ने मूल नाराका साथ मनाइने ४५ औँ विश्व पर्यटन दिवसका शुभ अवसरमा पर्यटन क्षेत्रमा अनवरत रूपमा योगदान पुराउँदै आउनु भएका निजी तथा सार्वजनिक क्षेत्र लगायत सम्पूर्ण सरोकारवालाहरूको सहयोग यसरी नै रही रहने छ भन्ने विश्वास छ ।

कोशी प्रदेश सरकारको दोस्रो आवधिक योजना ९२०८१र०८२, २०८५र ८६ ले पर्यटन क्षेत्रको क्षेत्रगत सोच पर्यटन क्षेत्रको दिगो विकास मार्फत आर्थिक वृद्धि र समृद्धिमा योगदान भनेर तय गरेको छ । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा सामाजिक विविधताहरूले गर्दा पर्यटन क्षेत्रले विकास र समृद्धिका असीमित सम्भावनाहरू बोकेको छ । कोशी प्रदेश सरकारले विक्रम सम्बत २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष,  २०८२ को रूपमा अघि सारेको छ ।

पर्यटन विकासका सम्भावनाहरू

प्रकृतिको अनुपम उपहारको रूपमा रहेको सर्वोच्च हिमशिखर सगरमाथाका साथै कञ्चनजङ्घा हिमाल, ल्होत्से हिमाल, चोयु हिमाल, नुप्से हिमाल, मकालु हिमाल, कुम्भकर्ण हिमाल लगायतका हिमालहरूमा पर्वतारोहणको सम्भावनाहरू धेरै छन् । तराई, भावर, चुरे, महाभारत, मध्य पहाड र हिमालको मिश्रित र पृथक् भू बनोटले गर्दा जैविक विविधताको धनी रहेको यस प्रदेशमा प्रकृतिमा आधारित पर्यटन विकासका असीमित सम्भावनाहरू रहेका छन् ।

सप्तकोसी नदी चीनको हृवाङहो नदी पछि तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठुलो नदी हो । नेपालको सबैभन्दा ठुलो नदी कोशी र यसका सहायक नदीहरू अरुण, तमोर, सुनकोसी, भोटेकोसी, लिखु, तामाकोकी, इन्द्रावती जल पर्यटनका लागि उत्कृष्ट रहेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष लगायतका तिनजुरे, मिल्के–जलजले, जलथल क्षेत्र, तमोर भ्याली, माई भ्याली र अरुण भ्याली संस्कृति तथा प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि विश्व प्रसिद्ध रहेका छन् । नेपालकै अग्लो ह्रातुङ्ग झरना, टोडके झरना, पोकली झरना,फाङफुङे झरना, नमस्ते झरना लगायतका झरनाहरूमा दृश्यावलोकन र जलक्रीडाका प्रचुर सम्भावना छ ।

 जिल्लागत रुपमा हेर्ने हो भने,

ताप्लेजुङको तिम्वुङ्ग पोखरी, कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, फुङफुङे झरना, डिकीछ्योलिङ्ग गुम्बा जस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्र छन् ।

 पाँचथरको फालेजुङ्ग लाम पोखरी लालीगुराँस क्षेत्र, सिलौटीडाँडा, हिलिहाङ दरबार, पानावा झर्ना, जोर पोखरी, सुम्हात्लुङ देवस्थल, आंखेजुङ गुम्बा, सिलौटी, लुब्रेकुटी आदि रहेका छन् ।

इलामको श्रीअन्तु, सन्दुकपुर, छिन्तापु, कन्याम, गजुरमुखीधाम, गुफा थुम्की, पानी टार, मिक्लाजुङ ९साक्फारा०, सिद्धि थुम्का, माङमालुङ, हाङ्गेथाम–चोयाटार, टोडके झर्ना, माई पोखरी जस्ता गहना छन् ।

झापाको सतासी धाम, दोमुखा, पाताल गङ्गा, कृष्ण थुम्की, अर्जुनधारा केचना, केचनकवल, कीचकबद्ध, कलबलगुरी, जलथल क्षेत्रले सधैँ पर्यटकहरूको स्वागत गरी रहेको हुन्छ

मोरङको विराट राजा दरबार, धिमाल राजा दरबार, धनपालथानगढी, हरिश्चन्द्र गढी पर्यटकीय क्षेत्र, सिमसार क्षेत्रहरू, चार कोशे झाडी, संसारी माई, मुसाफिर खाना, सप्त कन्या गुफा जस्ता पर्यटकीय क्षेत्रले भरिभराउ छ ।

सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र, चताराधाम, राम धुनी, अलियाबाबा मन्दिर, पिण्डेश्वर, दन्त काली, बुढासुब्बा पदमार्ग लगायतका पयटकीय स्थालहरुको खानी रहेको छ ।

तेह्रथुमको तिन जुरे मिल्के जलजले, ह्यातुङ झरना, जाँते ढुङ्गा जस्ता धेरै स्थान छन् ।

धनकुटाको भेडेटार, जालपाददेवी छिन्ताङ्ग, राम्दे चिया बगान, वनझाक्री पार्क, नमस्ते झरना, नाम्जे जस्ता पर्यटकीय स्थलहरू छन् ।

सङ्खुवासभा जिल्लामा मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज, हटिया तातोपानी, खम्पालुङ गुफा, सभा पोखरी, शिव धारा, मनकामना मन्दिर, सिद्ध काली मन्दिर पनि पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै आएका छन् ।

भोजपुर: खुकुरीका लागि प्रख्यात भोजपुर पहाडी जनजीवन र जनजाति समुदायको मौलिक संस्कृतिमा प्रसिद्ध छ । यस जिल्लाको हतुवा गढी किराँतहरूको ऐतिहासिक स्थल हो । त्यस्तै, ट्याम्के डाँडा, साल्पा पोखरी, दिङ्गला आदि प्रमुख गन्तव्य स्थलहरू हुन् ।

उदयपुर: उच्च पहाडी भेगमा रहेको रौता पोखरी उदयपुरको प्रसिद्ध गन्तव्य हो । यो जिल्लामा इन्द्रेश्वर महादेवको मन्दिर पनि छ, जसको महिमा पशुपतिनाथ जत्तिकै मानिन्छ । गैर हिन्दु समुदाय पनि यो मन्दिरमा दर्शनका लागि पुग्ने गरेका छन् । यो जिल्ला कमला, तावा, दुधौली नदीको त्रिवेणी भएको जिल्ला हो ।

खोटाङ: हलेसी महादेवको मन्दिर र गुफा, बराह पोखरी, कालिका देवी मन्दिर, धोद्रेश्वर महादेव गुफा, भुलभुले दूध कुण्ड तथा यसको नजिकै रहेको प्राकृतिक रूपले भरिपूर्ण रुवालुङ झरनाले पनि पर्यटकहरूलाई लोभ्याउने गरेको छ ।

ओखलढुङ्गा: चण्डिदेवी मन्दिर, २९९ फिट लामो चण्डिदेवी गुफा, पोकली, साल्बू, ढिकुरे, रातमाटे, भुसेनी र सेप्ली झरना प्रसिद्ध गन्तव्यमा पर्छन् । ओखलढुङ्गा, रुम्जाटार, कुद्काबेनी र ककनी यस जिल्लाका पर्यटकका लागि मनमोहक स्थलहरू हुन् ।

सोलुखुम्बुः सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्ला विश्वकै पर्यटकको ध्यान तान्न सफल जिल्ला हो । विश्व सम्पदा सूचीमा रहेको सगरमाथा विश्वभरिका आरोहीहरूको आकर्षण बन्दै आएको छ । यहाँ सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु हिम नदी, सूर्योदय र सूर्यास्त हेर्नको लागि उपयुक्त स्थान स्याङबोचे बिहार पनि छ । यसै गरी खुम्जुङ विहार यहाँको मुख्य स्थल हो । नाम्चे सगरमाथाको प्रवेशद्वार हो । लुक्ला विमानस्थलबाट ७ दिनको पैदल यात्रामा सगरमाथाको आधार शिविर पुग्न सकिन्छ । ट्रेकिङका लागि सोलुखुम्बु जिल्ला उपयुक्त स्थान हो ।

कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा पर्यटन विकास मार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासको पर्याप्त सम्भावना रहेको छ । विक्रम सम्बत २०८२ मा प्रदेश सरकारले ८२ वटा पर्यटकीय गन्तब्यहरुलाई प्रवर्धन र विकास गर्ने कार्यक्रम राखेको छ ।

चुनौतीहरू

पर्यटनको विकास र प्रवर्द्धन प्राप्त हुने पर्यटकीय उपजहरूको विशिष्टीकरण गरी विशिष्टीकृत पर्यटन उपजहरूलाई यथोचित रूपमा बजारीकरण गर्न पनि सकिएको छैन । पर्यटकीय पूर्वाधार विकासका क्रियाकलापहरू वातावरण तथा जनमैत्री कसरी बनाउने भन्ने चुनौती रहेको छ । अपर्याप्त रोड नेटवर्क र हवाई नेटवर्कलाई विस्तार गर्नु छ । निजी–सार्वजनिक साझेदारीका पर्यटन आकर्षण केन्द्रहरूको प्रभावकारी तथा दिगो व्यवस्थापन गर्नु छ । वृहत् पर्यटन प्रवर्द्धनमा अपर्याप्त बजेट विनियोजन आवश्यक छ ।

अबको बाटो

पर्यटकीय गन्तव्यहरू तथा पर्यटकीय उपजहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रविधि मैत्री प्रचार प्रसार र बजारीकरण गर्नु पर्छ ।

पर्यटकीय पूर्वाधार विकास निर्माण कार्यबाट प्रकृतिमा पर्न सक्ने सम्भावित असरलाई सम्बोधन गर्दै वातावरणमैत्री दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै पर्यटकीय पूर्वाधार विकासका कार्यहरू गर्नुपर्छ ।

पर्यटकीय क्षेत्रहरूलाई जोडने रोड नेटवर्क र हवाई नेटवर्क स्थापनाको लागि सरोकारवालाहरू समन्वय र सहकार्य गरिने छ ।

निजी–सार्वजनिक क्षेत्रको सह लगानीमा प्रदेशको आफ्नै राष्ट्रिय ध्वजा बाहक हवाईजहाज सञ्चालन गर्नुपर्छ ।

निजी–सार्वजनिक साझेदारीको अवधारणा अनुरूप तिनै तहका सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु गरिने छ ।

पर्यटन क्षेत्रलाई स्थानीय जनताको रोजगारी तथा जिविकोपार्जनसंग जोडी ग्रामीण, संस्कृति तथा पर्यटनमा आधारित पर्यटनको विकास र प्रवर्द्धन गर्नु आवश्यक रहेको छ ।

पर्यटन क्षेत्रले राष्ट्रिय तथा प्रादेशिक अर्थतन्त्र, नेपाल सरकारको दिर्घकालीन सोच, समृद्ध नेपाल, सुखी नेपाली र प्रदेश सरकारको दोस्रो आवधिक योजना २०८१र०८२ र २०८५र०८६ को सोच सुशासित, खुसी, आर्थिकरुपले गतिशील र समुन्नत प्रदेशमा उल्लेखनीय योगदान रहने छ ।

पर्यटकीय गन्तव्यहरूको दिगो विकास तथा प्रवर्द्धन र पर्यटकीय उपजहरूको बजारीकरणमा आबद्ध रहनु भएका पर्यटन व्यवसायी, निजी क्षेत्र लगायत सबै सरोकारवालाहरूले सहकार्य जारी राख्नु पर्ने आवश्यक छ ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.