रुखको भ्यु टावर चढ्न जुडी जाऊँ

September 5, 2024     Paryatan Yatra

सुनसरी जिल्लाको राम धुनी नगरपालिका वडा नम्बर ७ मा रहेको जुडी सिमसार दृष्या अवलोकनका साथै अध्यायन अनुसन्धान भ्रमणका लागि पनि उतिकै महत्त्वपूर्ण छ । यहाँ पुग्नका लागि पूर्व पश्चिम राजमार्गको इटहरी–झुम्का सडक खण्डमा पर्ने कान्छी चोक वाट उत्तर तर्फ चतरा हुँदै अभिमान जाने मुख्य सडक समाउनु पर्छ ।

करिब २ किलोमिटर उत्तर लागेपछि नयाँ टोल आउँछ । त्यही टोल वाट पूर्व उत्तरको यात्रा गरेपछि यो पोखरीमा पुग्न सकिन्छ । यसकाअलवाइटहरी उत्तरमा रहेको तरहरा वाट पश्चिमतर्फ लाग्ने हो भने ४ किलोमिटर दुरी पार गर्ने बित्तिकै जुडी सिमसार पुग्न सकिन्छ । यहाँ जौविकविविता सहितको पोखरी आफैमा सुन्दर र मनमोहक छ ।
पोखरी नजिकै रहेको एउटा विशाल करमको रुखलाई नै टावर बनाएको छ । अन्यत्र कंकीटका टावरहरू बन्ने होडबाजी चली रहेका बेला रुखको भ्यु टावर चढ्न जुडी फलामको सिडी हालेर ५१ फिट अग्लो टावर बनाएको छ । यहाँ चढेर  दृश्य अवलोकन गर्नुको मज्जा नै भिन्नै छ ।यहाँ वालबालीकाहरुका लागि पार्क, पोखरीमा ढुङ्गा सयर समेत गर्न पाइन्छ । रुखको टावर चढ्नकालागि प्रति व्यक्तिले २० रुपैयाँ तिर्नु पर्छ । यो रमणीय स्थलमा एक पटकमा ३० वटा टोली सम्म वनभोज गर्नका लागि अटाउँछन् । यहाँ रहेको पोखरी साढे तिन बिघा क्षेत्र फलमा बिघा फैलिएको छ । सामुदायिक वन क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र निकै महत्त्वपूर्ण स्थलका रुपमा परिचित छ । यहाँ रहेको पोखरी ३० हेक्टरमा फैलिएको छ । यहाँको वोटीड गर्नुको मज्जा नै अर्कै हुन्छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.