राम धुनी नगरपालिका वडा नम्बर ७ मा रहेको रानी पोखरी वास्तवमा नै सुन्दर छ । यो पोखरी सँग पौराणिक कथा जोडिएको छ । यो पोखरी १५ हेक्टरमा क्षेत्रफलमा फैलिएको छ । दशक देखि जामुनाको रुखको फेद बाट निरन्तर पानी उम्रेर पोखरी भरिने गरेको छ । भताभुङ्गे राजाले नुहाउनका लागि निर्माण गरेको पोखरी भएका किम्बदन्ती रहेको छ । फागुन र चैत्र महिनामा कमलको फूल फुल्ने गर्दछ । पोखरीको भित्री भागमा सुन्दर भैँसी र केही बलेको जस्तो देखिने गरेका स्थानीय बासीका भनाई छ ।
रानी पोखरीको दक्षिण पश्चिम करिब २ किलोमिटर मा अर्को एउटा पोखरी छ । त्यो पोखरीको नाम भान्सा पोखरी हो । इटहरी नगरपालिका वडा नम्बर १८ मा पर्ने यो पोखरी र रानी पोखरी बिचको सम्बन्ध पनि जोड्न गरिएको छ । भताभुङ्गे राजाकी रानी उत्तर तर्फ रहेको रानी पोखरीमा बस्ने र खाना खान पकाउन लागि भान्सा पोखरी आउने गर्थिन भन्ने विश्वास छ । रानी भान्सा पोखरीमा आएपछि खाना पकाउने सामाग्रीहरू पोखरी वाट निस्कने र खाइ सकेपछि त्यहाँ पोखरीमा विलय हुने गरेको किम्बदन्ती छ ।
ऐतिहासिक रानी पोखरी पुग्नका लागि पूर्व–पश्चिम राजमार्गको कान्छी चोक वाट उत्तर चतरा सडक मार्ग हुँदै नयाँवस्ती पुगेपछि पूर्व उत्तरको सडक वाट जान सकिन्छ । यहाँ चिया तथा खाजा खानका लागि कुनै होटलहरु पाइँदैनन् भने यहाँ सम्म पुग्न निजी तथा भाडाका सवारी साधन नै आवश्यक पर्छ । पोखरी उत्तर तर्फ शिवमन्दीर रहेको छ ।