कसरी पुग्ने प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र

August 29, 2024     Paryatan Yatra

सुनसरी ।  सङ्घीय राजधानी काठमाडौँबाट ३६० किलोमिटर सडक यात्रा गरेपछि वराहक्षेत्र आइपुग्न सकिन्छ । काठमाडौँबाट सवारी साधनमा यात्रा गर्दा ८ देखि ९ घण्टा लाग्छ । यो रुटमा रात्रि तथा दिवा सेवाका सुविधायुक्त बसहरू सहजै पाइन्छ ।                                                                                                              तस्बिर :मणिराम दाहाल / रासस

हवाई यात्रा गर्दा काठमाडौँदेखि बढीमा ४५ मिनटमा विराटनगर विमानस्थल आइपुगिन्छ । त्यहाँबाट ५५ किलोमिटर पार गरेपछि वराहक्षेत्र पुगिन्छ । यो यात्रा करिब दुई घण्टामा पूरा हुन्छ ।
सुनसरीको इटहरी हुँदै  पश्चिमतर्फ राष्ट्रिय राजमार्गको यात्रा गरेपछि कान्छी चोक पुगिन्छ । कान्छी चोकबाट उत्तर तर्फको चतरा सडक भएर जानु पर्छ ।
विराटनगर वाट प्रशस्त सार्वजनिक यातायातका साधन पाइन्छन् । विमानस्थलमा भाडाका सवारी साधन जति बेलै उपलब्ध हुन्छन् । धरानतर्फबाट वराहक्षेत्र जाने हो भने करिब आधा घण्टाको यात्रा तय गर्नु पर्छ। १३ किलोमिटरको दूरी पार गरेपछि वराहक्षेत्र पुगिन्छ ।
यसै गरी इटहरीबाट वराहक्षेत्र जाने हो भने पश्चिमतर्फ लागेपछि आउने कान्छी चोकबाट उत्तरतर्फको चतरा सडकबाट करिब एक घण्टाको यात्रा गरेपछि पुग्न सकिन्छ । इटहरी वाट ३० किलोमिटर यात्रा गर्नुपर्छ । इटहरीबाट पनि सार्वजनिक वा भाडाका सवारी साधन सहजै पाइन्छ  ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.