कृषि अग्रणी इलामको माइजोगमाईमा आलु पर्यटन

August 24, 2024     Paryatan Yatra

इलाम जिल्ला भन्नासाथ ‘८ अ’ को ठाउँ भनेर चिनिएको धेरै भएको छ । ८ ‘अ’ भन्नाले अलैँची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दूध), अम्लिसो, आलु र अतिथि सत्कार । अहिले पनि इलामको पहिचान र अर्थतन्त्र यसैमा आधारित छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट विकसित आलुका उन्नत प्रविधिले इलाममा व्यापक लोकप्रियता पाइरहेको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

माइजोगमाई गाउँपालिकामा पर्ने कृषि अनुसन्धान केन्द्र, जौबारीमा पुग्नुभयो भने तपाईँको आँखाले भ्याउन्जेल आलु नै आलुको खेती देख्न सक्नुहुन्छ । हजारौँ रोपनी जमिनमा आलु खेती लगाइएको छ ।

यहाँ बिटे, झ्याले, डेजिरे जस्ता पुराना जातका आलु लगाउने र बिउ नफेरी दशकौँसम्म एउटै बिउबाट उत्पादन गर्ने चलन थियो । जौबारी केन्द्रले आलुको बिउ चक्र स्थापना गरी उत्पादन बढाउन सहयोग गरेको हो । पुराना जातहरूमा ऐँजेरु, भाइरस र डढुवा रोग लाग्ने र उत्पादन कम हुने भएपछि उन्नत जातका आलुको बिउ प्रयोग गरी यसको उत्पादन बढाइएको छ ।

माइजोगमाई गाउँपालिकामा एक रोपनीमा २० मनसम्म आलु फल्ने गर्छ । उक्त क्षेत्रमा जनकदेव, खुमलउज्ज्वल, डेजिरे र कुफ्री ज्योति जातका बिउ प्रयोग गरिएकामा जनकदेव जातका बीउ लोकप्रिय भएको छ । यो क्षेत्र पूर्वी नेपालको बीउ आलु उत्पादनको ‘हब’ भएको छ । पछिल्लो समय आलु उत्पादनसँगै जौबारीक्षेत्र कृषि पर्यटनमा समेत अग्रणी छ ।

भारत तर्फबाट दार्जिलिङ जिल्लाका विभिन्न स्थानबाट जौबारी पुग्न सकिन्छ । नेपाल तर्फबाट भने इलाम बजार, फिक्लबाट नयाँ बजार हुँदै जौबारी पुग्न सकिन्छ । झापाको बिर्तामोडबाट इलामको कन्याम हुँदै फिक्कलवाट जौबारी कालोपत्रे सडकको यात्रा गरे पुगिन्छ । जौबारी जानका लागि मोटरसाइकल रचारपाङ्ग्रे साना गाडीहरू पाइन्छन्।

कसरी पुग्ने जौबारी ?

भारततर्फबाट दार्जिलिङ जिल्लाका विभिन्न स्थानबाट जौबारी पुग्न सकिन्छ । नेपालतर्फबाट भने इलाम बजार, फिक्कलबाट नयाँ बजार हुँदै जौबारी पुग्न सकिन्छ । झापाको बिर्तामोडबाट जाने हो भने कन्या म हुँदै फिक्लबाट जौबारी कालोपत्रे सडकको यात्रा गरे पुगिन्छ । जौबारी जानका लागि मोटरसाइकल, फोरह्वील साना गाडीहरू पाइन्छन् ।

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.