झापाको बुद्धशान्ती गाँउपालीकाको बर्नेमा अहिले फोटो खिच्ने, भिडियो बनाउनेको भिड लागिरहेको छ । मेची राजमार्गसँगै जाडिएको ठाँउमा शिरिषका केहि बोटमा ढकमक्क फूलेपछि यहाँको दृष्यमा रमाउने संख्या उलेख्य छ ।अहिले यो ठाँउ ‘भाइरल’ नै बनेको छ । धेरैको सामाजिक सञ्जालमा यहाँको पोष्ट देखिन्छ । यो बाटो भएर यात्रा गर्नेहरु पनि रोकिएर एकैछिन यहाँ रमाउने गर्छन् ।
केहि बर्ष यता यहाँ शिरिष फूलेको सिजनमा भिड लाग्न थालेको हो । त्यहि भएर खाना, चिया पशल पनि खुलेका छन् । चियाबारीको छेउममा रहेको यो ठाँउमा केहि बोट शिरिषका फूल निक्कै सुन्दर गरि फूलेका छन् ।साभारः केन्जो खबर डटकम तस्विर : गिरिराज बाँस्कोटा