पर्यटक रोजाइमा विश्वको गहिरो अरुण उपत्यका

August 22, 2024     Paryatan Yatra

सङ्खुवासभा । दुई अग्ला हिमाल सगरमाथा र मकालुको बिचमा रहेको अरुण उपत्यका विश्वको सबैभन्दा गहिरो उपत्यका हो । अरुण उपत्यका अझै पनि शुद्ध जङ्गली प्रकृतिको रमणीय सफा हिमनदी, अटुट वनस्पति र जीवजन्तु, परम्परागत पहाडी सभ्यता र अद्भुत हिमालयले सुन्दर प्रकृति वनको घर हो ।

अरुण उपत्यकाको पदयात्राको सुरुवात बिन्दु सङ्खुवासभाको तुम्लिङटार, अरुण उपत्यका पदयात्रा नेपालको एक गैर पर्यटकीय र कम भिडभाड हुने पदयात्रा गन्तव्य हो । सगरमाथा र मकालु वरुण राष्ट्रिय निकुञ्जको बिचमा रहेको अरुण उपत्यका समुन्द्रबाट मात्र ४ सय ३५ मिटर उचाइमा रहेको विश्वको सबै भन्दा गहिरो उपत्यका हो । यो उपत्यकाको पदयात्राले सगरमाथा, मकालु हिमाल र यसका शृखलाहरुको उत्कृष्ट अविश्पमरणिय दृश्यहरू प्रदान गर्दछ ।

हिन्दु पवित्र ताल साल्पा पोखरी ३४१४ मिटर समेत देख्न सकिन्छ । यहाँ पुग्नको लागि तुम्लिङटारमा काठमाडौँको दैनिक उडान र सडकबाट इटहरी, धरान, धनकुटा हुँदै पनि पुग्न सकिन्छ ।  प्रकृतिको आश्चर्य क्षेत्र र अरुण उपत्यकाको आदिवासी संस्कृतिको  विशाल विविधताको आर्सीवाद छ । अरुण उपत्यका पदयात्राको राई, शेर्पा बस्ती हुँदै शान्त पदमार्गहरू र सुन्दर हृदयस्पर्शी बन्छन् ।

गाउँहरूमा  मिश्रित वनस्पतिको गहिरो  जंगल हुदै यात्रा गर्न सकिन्छ ।  पदयात्राको मुख्य आकर्षण साल्पा पोखरी जहाँ अक्टोबरमा ठुलो मेला लाग्दछ । साल्पा भञ्याङ अर्को आकर्षण हो । यो उपत्यका सङ्खुवासभा सदरमुकाम खाँदवारिबाट १३ किलोमिटर टाढा रहेको छ ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.