कोसी पर्यटन वर्षको तयारी थालीयोः  मुख्यमन्त्रीले गरे पर्यटन व्यवसायी सँग  छलफल

August 21, 2024     Paryatan Yatra

विराटनगर । २०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ घोषणा गरेको प्रदेश सरकारले तयारी थालेको छ । बुधवार विराटनगरको होटल स्टन  स्टारमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस क्षेत्रका पर्यटन व्यवसायीहरू सँग पर्यटन वर्षको तयारीका बारेमा छलफल गर्नु भयो । पर्यटन वर्ष सफल बनाउन सरकारको तर्फबाट गरिनु पर्ने काम, निजी क्षेत्र वाट हुन सक्ने सहयोगका साथै सरकार र निजी क्षेत्र बिचको समन्वयलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो । उक्त अवसरमा मुख्यमन्त्री कार्कीले सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरे सँगै त्यसको आवश्यक तयारीका लागि पहिलो चरणमा कोसी प्रदेशका पर्यटन व्यवसायीहरू सँग छलफल थालिएको बताउनु भयो । उहाँले पर्यटन वर्ष घोषणा सँग अव कोसी प्रदेश समग्र पर्यटनको विकास एक साथ अघि बढ्ने बताउनु भयो । उहाँले पर्यटन वर्षमा छिमेकी भारत लगायतका पर्यटकलाई कसरी ल्याउने भन्ने योजना साथ सरकार अघि बढी रहेको बताउनु भयो । उहाँले सीमा क्षेत्रमा प्रहरी वाट भारतीय पर्यटकहरूलाई हुने गरेको व्यवहार चित्त बुझ्दो नभएको भन्दै त्यसलाई सुधार गर्न प्रदेश सरकाले ‘पर्यटन प्रहरी’ गठन गरिएको बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले नाकामा नै पर्यटकका सवारी साधनमा स्टीकर टाँस्ने व्यवस्था प्रदेश सरकारले गर्ने बताउनु भयो । मुख्यमन्त्री कार्कीले विराटनगर र भद्रपुरबाट माउन्टेन उडान भर्नु पर्ने बताउनु भयो । कार्यक्रम कोसी प्रदेशका पर्यटन सम्बन्धी संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेश पर्यटन समितिका सभापति, नाटा, होटल व्यवसायी सङ्घ, होम स्टे स्टेसन लगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेश पर्यटन समितिका सभापति भविष कुमार श्रेष्ठले सरकारले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरे सँग यस क्षेत्रका पर्यटन व्यवसायीहरू उत्साहित भएको बताउनु भयो । उहाँले पर्यटन वर्ष सफल बनाउन यस क्षेत्रका सबै पर्यटन व्यवसायीहरुले दिलो ज्यान लिएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । तेह्रथुम, सङ्खुवासभाबाट सुरु हुने यो अभिवानको उद्देश्य भारतका पाँच राज्यबाट पर्यटक ल्याउने सरकारले लक्ष्य राखेको छ । कोसीसित सीमा जोडिएका र धार्मिक र अन्य दृष्टिकोणले नजिक रहेका सिक्किम पश्चिमबंगाल, बिहार उत्तर प्रदेश र उत्तराञ्वल राज्यका मुख्यमन्त्रीलाई अभिमानमा जोडिने तयारी समेत गरिएको छ । भारतका यी राज्यबाट कुल जनसङ्ख्याको २ शतप्रतिशत पर्यटक आउन सके यस क्षेत्रको विकासले महत्त्वपूर्ण योगदान हुने छ ।
प्रदेश सरकारको पर्यटन, बन तथा वातावरण मन्त्रालयले आवश्यक तयारी थाली सकेको छ । प्रदेश सचिव विशाल घिमिरेले पर्यटन वर्षलाई सार्थक रूपमा सफल बनाउन कुनै कसर नराखिने बताउनु भयो । प्रदेश सरकारले पर्यटन वर्ष मनाउन १० करोड रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रममा प्रदेश सरकारकारका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाको पनि सहभागिता रहेको थियो । प्रदेश सरकारले पर्यटन वर्ष मनाउनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.