विराटनगर । कोसी प्रदेश सरकारले २०८२ लाई ‘कोसी पर्यटन वर्ष’ घोषणा गर्ने तयारी गरेको छ । आउँदो वैशाखमा हुने लालीगुराँस महोत्सवका क्रममा कोसी प्रदेश भ्रमण वर्ष भन्दै अभियान चलाइने मुख्यमन्त्री हिक्मत कार्कीले बताउनु भयो ।
तेह्रथुम, सङ्खुवासभाबाट सुरु हुने यो अभिवानको उद्देश्य भारतका पाँच राज्यबाट पर्यटक ल्याउने रहेको कार्कीको भनाइ छ । कोसीसित सीमा जोडिएका र धार्मिक र अन्य दृष्टिकोणले नजिक रहेका सिक्किम पश्चिमबंगाल, बिहार उत्तर प्रदेश र उत्तराञ्वल राज्यका मुख्यमन्त्रीलाई अभिमानमा जोडिने तयारी समेत गरिएको छ । भारतका यी राज्यबाट कुल जनसङ्ख्याको २ शतप्रतिशत पर्यटक आउन सके यस क्षेत्रको विकासले महत्त्वपूर्ण योगदान हुने छ ।
कोसी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ताप्लेजुङ, इलाम, धनकुटालगायतका जिल्लालाई विशेष जोड दिने तयारी छ । विराटनगर, इटहरी, धरान, झापा बसको मुकाम हुनेछ। हलेसी महादेव, ताप्लुजङको पाथीभरा, सुनसरीको बराह क्षेत्र, चतरा धाम लाई जोडेर धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकार लागि परेको छ । संसारकै अग्लो सगरमाथा समेत यही प्रदेशमा पर्दछ । हिमशृङ्खला कोसी प्रदेशमै छन्।
प्रचार अभियानलाई तीव्र बनाउने सरकारको योजना छ । भारतका उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल सिक्किम घुम्न आउन सक्छन् । प्रचार प्रसारको अभावमा सीमावर्ती क्षेत्र वाट सोचे जस्तो पर्यटक प्रदेशमा भित्र सकेका छैनन् । प्रदेश सरकारले धेरै पटक कुरा पनि ग¥यो योजना पनि ल्यायो तर परिणाम सुखद नरहेको पर्यटन व्यवसायी भविश कुमार श्रेष्ठ बताउनु हुन्छ ।
प्रदेश सरकारको पर्यटन, बन तथा वातावरण मन्त्रालयले आवश्यक तयारी थाली सकेको छ । प्रदेश सचिव विशाल घिमिरेले पर्यटन वर्षलाई सार्थक रूपमा सफल बनाउन कुनै कसर नराखिने बताउनु भयो । प्रदेश सरकारले पर्यटन वर्ष मनाउन १० करोड रुपैयाँ विनियोजन गरेको छ ।