पर्यटनमन्त्री किराँतीले धरानलाई प्याराग्लाडिङ हव बनाउने हो त ?

August 18, 2023     Paryatan Yatra

धरान ।पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि धरानमा  नेपाल सरकारको पर्यटन मन्त्रालयले  प्याराग्लाइडिङ महोत्सव गर्ने भएको छ ।

सरकारका पर्यटनमन्त्री सुदन किराँतीले धरानमा वुधबार पत्रकारसँग कुरा गर्दै धरानको पर्यटन क्षेत्रको  प्रवद्र्धन र विकासको निम्ति भनेर पर्यटन मन्त्रालयले पर्यटन प्रवद्र्धन शीर्षकबाट प्याराग्लाडिङ महोत्सव गर्ने तयारी गरेको वताउनु भएको छ । प्याराग्लाडिङमा धरानलाई ब्राण्डिङ गर्न अति आवस्यक भएकाले पनि महोत्सव गर्ने तयारी रहेको मन्त्री किराँतीले बताउनु भयो । उहाँले भन्नु भयो,‘प्याराग्लाडिङमा धरान उपर्यक्त छ तर त्यसका लागि प्रर्वद्धन गर्नु अपरिहार्यता देखिन्छ,त्यसका लागि पर्यटन मन्त्रालयले विशेष योजना सहित यस क्षेत्रमा महोत्सव गर्ने योजना बनाएको हो ।’   उहाँले धरानमा प्याराग्लाइडिङ महोत्सव गर्नु अघि कोशी प्रदेशको विभिन्न जिल्ला र धरानको पर्यटनलाई जोड्नको लागि सोही अनुसार कार्यक्रम सञ्चालन गरिने योजना रहेको वताउनु भएको छ ।  भोजपुरभन्दा अगाडी मुन्धुम ट्रेल,सिलिचुङबाट साइक्लिङ र ताप्लेजुङबाट र्याफ्टिङ गदै चतरा, धरान आएर प्याराग्लाइडिङ महोत्सवमा सहभागि भएर महोत्सव गरिने भएको मन्त्री किराँतीको भनाई रहेको छ । धरानमा नीजि क्षेत्रबाट प्याराग्लाडिङको शुरुवात भएपनि सरकारी वेवास्तको कारण प्रवद्र्धन हुन सकेको छैन । जसका कारण निजी क्षेत्रले सञ्चालन गरेको प्याराग्लाडिङ पनि संकटमा पर्दै आएको छ । धरानमा प्याराग्लाइडिङ पोखरा पछि  प्रचुर संभवाना भएको स्थान हो । तर दीर्घकालिन योजना र सोँच नहँदा शुरुवात गरिएका प्याराग्लाडिङले पनि व्यावसायिक फड्को मार्न नसकेको होटल व्यवसायी महासंघ कोशी प्रदेशका महासचिव एवम् पर्यटन कर्मी बासु बरालले वताउनु भएको छ । उहाँले भन्नु भयो,‘धरानमा प्याराग्लाडिङ महोत्सव हुने कुराले पर्यटनको गतिविधी बढ्ने र पर्यटन क्षेत्रमा सकारात्मक तरंग अवस्य ल्याउँछ र यसले तत्कालको लागि नभएपनि दीर्घकालिन रुपमा भने परिणाम चाहिँ ल्याउँछ ।’

पर्यटन मन्त्रालयले धरानलाई प्याराग्लाडिङको हब वनाउने सोच अनरुप नै महोत्सव गर्न लागेकोे अनुमान गर्न सकिने पर्यनटकर्मी बरालको भनाई छ । पोखरामा पछिल्लो समय प्याराग्लाइडिङ बन्द हुने अवस्थामा पुगेकाले पनि अव धरानलाई हब वनाउनको लागि मन्त्री किराँतीको सोँच हुन सक्ने बरालले वताउनु भएको छ । साभार विजयपुर खबर

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.