द क्लिफले नयाँ एडभेन्चर ‘वाल क्लाइम्बिङ’ सुरू गरेको छ। करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो। ‘बिले गाइड’को मद्दतले वाल चड्न सकिने कम्पनीले जनाएको छ। वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ।
क्लिफमा पुग्नेहरूका लागि नयाँ स्वाद दिन र उत्कृष्ट एड्भेन्चर हब बनाउने उद्देश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। कम्पनीले पर्वतको कुश्मा बन्जी, स्विङ, स्काइ साइक्लिङलगायत थुप्रै एड्भेन्चर सञ्चालन गरिरहेको छ। वाल क्लाइबिङ भने क्लिफले हालै सञ्चालनमा ल्याएको हो।
कति लाग्छ शुल्क?
द क्लिफको ‘ब्रीज प्रवेश शुल्क’ ५ सय तिरेपछी सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ। टिकट बिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। पोखराबाट ५५ किलोमिटर दूरीमा कुश्मा पुगिन्छ। आफ्नो सवारीसाधनमा जाँदा डेढ घण्टामा सहजै पुगिन्छ। पोखराबाट मुस्ताङ जाँदा बाटैमा पर्ने क्लिफ जान आन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमिटर पश्चिम यात्रा गर्नुपर्ने हुन्छ। साभार सतोपाटि डटकम