पर्यटनमा बढ्यो बजेट

June 12, 2023     Paryatan Yatra

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए ।

पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

आगामी आर्थिक वर्षका लागि करीब अढाइ अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य तय गरेको छ । २०२३ मा १० लाख पुर्‍याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ ।

‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ । अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।

ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल निर्माणलाई तिब्रता दिने उनले बताए । पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तिब्रता दिइने उनले बताए । पर्यटकीय पदमार्ग निर्माण गरिने भन्दै उनले पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गर्ने समेत बताए ।

जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ । पर्यटनमा २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.