१८ वैशाख, काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक जिम ह्वाइटेकरको सम्झजनामा नेपालस्थित अमेरिकी राजदूतावासले विविध कार्यक्रम गरी मनाएको छ ।
ह्वाइटेकरको सम्झनामा दूतावासले नेपास्थित अमेरिकी राजदूत डीन. आर. थम्पसनले उक्त क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सहभागीता जनाएका छन्। पहिलो अमेरिकी आरोही ह्वाटेकरले सगरमाथा आरोहण गरेको ६०औँ वर्ष पुगेको अवसरमा अमेरिकी दूतावासले खुम्बु, नाम्चेलगायत क्षेत्रमा आयोजित विविध कार्यक्रममा राजदूत थम्पसनले भाग लिँदै त्यहाँ रहेका शेर्पा समुदाय, जनप्रतिनीधी, व्यवसायी र स्थानियसँग छलफल गरेका छन् ।
राजदूत थम्पसनले स्थानीय समुदाय, व्यवसायी नेताहरू र ट्रेकिङ सञ्चालकहरूसँग र समुदाय र व्यवसायहरूमा जलवायु परिवर्तनको प्रभावबारे छलफल गरेका छन् । साथै, उनले यो बिषयमा अमेरिकाको पनि चाँसो रहेको र नेपाल सरकारले गरेको प्रयासमा सहभागी हुने बताए । आजभन्दा ६० वर्षअघि जिम ह्वाइटेकर सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी बनेका थिए । यसै अवसरमा आयोजित कार्यक्रममा बोल्दै राजदूत थम्पसनले भने, ‘म आज खुम्बु भ्रमण गर्दैछु र स्थानीय समुदाय, व्यवसायी, अमेरिका–नेपाल मैत्री अभियान टोली र युवाहरुसँग भेट गर्नेछु । साथै, प्रख्यात हिमालको अवलोकन पनि गर्नेछु ।’ राजदूत थम्पसनले स्थानीय समुदायसँगै बसेर पासाङ्गल्हामु पर्वतारोहण प्रतिष्ठानद्वारा निर्मित माउन्ट एभरेष्ट आरोहण गर्ने पहिलो नेपाली महिलाको वृत्तचित्र “पासाङः इन द स्याडो अफ एभरेस्ट“ पनि हेरेका छन् ।
एनले उक्त वृत्तचित्रले निकै मन छोएको भन्दै, सबैको आ–आफनै सगरमाथा हुने र त्यतातर्फको यात्रा तय गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल आरोहण अभियान टोली का दुई सदस्यहरूले राजदूतलाई मित्रताको झण्डा हस्तान्तरण गरेका थिए । सोही क्रममा राजदूतले साहासिक पर्यटन व्यवसाय संचालकहरूसंग खुम्बुको पर्यटनको अवस्थाबारे छलफल गरेका थिए । नाम्चेमा मा राजदूतलाई खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पा लगाएत जनप्रतिनिधी र स्थानीयले स्वागत गरेका थिए ।साभार अनलाइन खबर