प्रदेश १ को पर्यटन ब्राण्ड नाम र चिह्न बनाइने

July 4, 2022     Paryatan Yatra

विराटनगर– पर्यटन तथा संस्कृति मन्त्रालय, प्रदेश नम्बर १ ले मन्त्री स्तरीय निर्णयवाट पर्यटनको ब्राण्ड नाम तथा चिह्न तयारीका लागि पर्यटन व्यवसायी भवेश श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

    समितिको सदस्यमा वरिष्ठ पत्रकार कौशल चेम्जोङ (उदयपुर), दोर्जी सुशील शेर्पा (सोलुखुम्बु), जितबहादुर राई (इलाम) छन् ।   समितिको सदस्य सचिवमा पर्यटन मन्त्रालयका शाखा अधिकृत रामसुन्दर थापा छन् ।

    प्रदेश १ को पर्यटनको ब्राण्ड नाम तयार गर्ने र चिह्न तयारीका लागि कार्यदल गठन गरिएको पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा लिम्बुको भनाइ छ  ।

    यो कार्य दलले जति सक्दो चाँडो आफ्नो काम पुरा गरी प्रदेश नम्बर १ को पर्यटन विकासका लागि आधारशिला तयार पार्ने काम हुने मन्त्री लिम्बुले बताइन् ।     कार्यदलले सरोकारवालाहरुसँग परामर्श गरी ब्राण्ड नाम र चिह्न तयार गर्ने संयोजक श्रेष्ठले बताए ।

    पर्यटनको प्रचुर सम्भावना भए पनि पछि पारेको प्रदेश १ लाई पर्यटन विकासका लागि एकीकृत योजनाका साथ सबै एक भएर लाग्नु पर्ने श्रेष्ठको भनाइ छ ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.