पाँचथर– पाचौँ चौरी महोत्सव पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकाको चाररातेमा हुने भएको छ । भारतको सिमाना नजिक रहेको यो महोत्सव नयाँ बर्षमा आयोजना हुन लागेको हो ।
तीनवटा महोत्सव दुई दिन र गत बर्षको महोत्सव एकदिने लगाईएको थियो । तर आयोजकले यो पल्टको महोत्सव पाँच दिन लगाउने भएको छ । समुद्र सतहदेखि ३ हजार ४ सय मीटर उचाईमा रहेको स्थानमा २०७८ चैत ३० देखि २०७९ बैशाख ५ गतेसम्म महोत्सव हुन लागेको हो ।
महोत्सवमा चौरी र चौरीजन्य उत्पादनको प्रर्दशनी, गोठ पर्यटनको प्रवद्र्धन, उच्च पहाडी क्षेत्रको अवलोकन, सास्कृतिक कार्यक्रम राखिएको छ । यो पल्ट फुटवल प्रतियोगिता समेत जोडिएको छ । अग्लो स्थानमा हुने प्रतियोगितामा नेपाल–भारतका टिमको सहभागि हुने बताइएको छ । महोत्सवले गोठस्टेलाई प्रवद्र्धन गर्ने छ ।
चार वटा महोत्सव यहि चाररातेमा आयोजना गरिएको थियो । गत बर्षको महोत्सव भने तीन सिमानामा गरिएको थियो । चारराते चर्चित पर्यटकिय गन्तव्य सन्दकपुरदेखि नजिकै पर्छ । महोत्सव स्थलमा गाडीमा जान सकिन्छ ।
महोत्सव फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रवद्र्धन संस्था, दिप ज्योती युवा क्लब, कञ्चनजंघा चौरी पालन तथा संरक्षण संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । महोत्वसमा गाँउपालीकाले सहयोग गरेको मुल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिए । महोत्सवलाई कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहलले प्रवद्र्धन गर्दै छ ।
महोत्सवका लागि अवाश्यक तयारी अगाडी बढाईएको कञ्चनजंघा पर्या पर्यटन प्रवद्र्धन संस्थाका उपाध्यक्ष शिल्प राईले बताए । उनका अनुसार आगन्तुकलाई असहज हुन नदिका लागि तयारीहरु अगाडी बढाईएको छ ।
चौरी तथा याकको प्रर्दशन, दुधजन्य उत्पादनको प्रर्दशनी तथा विक्रि, स्थानीय संस्कृति झल्कीने परिकार, स्थानीय उत्पादनको प्रर्दशनी, भेडाको उनबाट बनेका समाग्रि प्रर्दशनी तथा विक्रि, घोडा चडी, याक चडी, सुन्दर गन्तव्यहरु भ्रमणका कार्यक्रम राखिएको आयोजक संस्थाका डिल्लि आन्जमुले जानकारी दिए । गुराँस फूलेर रङ्गीचङ्गी बनेको हुन्छ । विगतका महोत्सवका देश विदेशबाट उलेख्य पर्यटक आएका थिए । साभारः केन्जो खबर