मुख्यमन्त्री राईको घोडा चढ्ने रहर…

December 4, 2020     Paryatan Yatra

विराटनगर । विश्वव्यापी कोरोना महामारीका कारण बन्द भएको प्रदेश १ को पर्यटनले विस्तारै लय समाउदै गएको छ । पर्यटन गतिविधि सकारात्मक दिशा तर्फ उन्मुख हुँदैछ भन्ने सन्देश दिनेगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको सूर्योदय नगरपालिका स्थित कन्याममा पुगेर पर्यटकको मनोरञ्जनका लागि राखिएका घोडा चढेर प्रवद्र्धन गर्नुभएको छ ।

कन्याम पुग्ने अधिकांश पर्यटकहरुले यसै गरी घोडा चढेर रमणीय चियाबारी घुम्ने गरेका छन् ।मुख्यमन्त्री राई बिहीबार सुर्योदय नगरपालिकामा मुलुककै पहिलो चिया प्रशोधन केन्द्रको भवन शिलान्यासको क्रममा इलाम पुग्नुभएको थियो ।

इलाम जाने क्रममा मुख्यमन्त्री राईले सेतो रंगको घोडा चढ्नुभएको थियो भने भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना सेतो–खैरो पाटे घोडा चढेर कन्याम स्थित चिया बगान शयर गर्नुभएको छ । उहाँहरुको साथमा प्रदेशसभाका सदस्य काजिमान कागते र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईपनि सहभागी हुनुभएको थियो ।

प्रदेश १ को रमणीय र प्राकृतिक सुन्दरताको अनुपम नमुनाको रुपमा रहेको इलाममा बिस्तारै पर्यटकीय गतिविधि सुरु भएको छ । कोरोना महामारीको कारण ठप्प रहेको पर्यटन गतिबिधि पछिल्लो समयमा विस्तारै खुकुलो हुँदै गएको हो । प्रदेशकै पर्यटकीय नगरि घोषित सुर्योदय नगरपालिकामा वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । साभार हाम्रोमतबाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.