काठमाडौं । वायुसेवा सञ्चालकहरुले तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएका छन् । ६ महिना भन्दा लामो लकडाउन र प्रतिवन्धका कारण अर्थतन्त्र धरासायी भएको अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न सक्ने अवस्था नरहेको भन्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले लकडाउनप्रति पूर्ण असहमति जनाएको हो ।
लकडाउन र प्रतिवन्ध खुकुलो भएपछि पर्यटन, यातायात तथा हवाईसेवालगायत अन्य व्यवसायलाई फेरी ठप्प बनाउने काम न्यायोचित नभएको आयोनका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।
सरकारले १ मंसिरबाट सबै प्रकारका पर्यटकीय गतिविधि सूचारु गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटेल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै आयोनले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङ समेत आउन सुरु भइसकेको जनाएको छ ।
मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउन हवाई व्यवसायीले माग गरेका छन् ।
लकडाउनका बीचमा समेत संक्रमित बढिरहेको भन्दै आयोनले लकडाउन मात्र कोरोना नियन्त्रणको उपाय नभएको समेत स्पष्ट पारेको छ । साभार अनलाइन खबरवाट
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।