लकडाउनमा झ्यालबाट खिचेका ५ उत्कृष्ट तस्वीर

July 17, 2020     Paryatan Yatra

विराटनगर । नेपाल पर्यटन बोडले लकडाउनको समयमा झ्यालबाट खिचिएका पाँच उच्कृष्ट तस्वीरहरु हालै सार्वजनिक गरेको छ । बोडले आहृवान गरेअनुसार व्यक्तिले पठाएका झ्यालबाट खिचिएका तस्वीरमध्ये ५ उत्कृष्ट तस्वीर छनोट गरिएको हो ।

लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता चलाएको थियो ।

प्रतियोगितामा सात सयभन्दा बढी फोटो आएका थिए । त्यसबाट उत्कृष्ट ५ तस्वीर छनोट गरि सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफर प्रबिन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेलले खिचेतका तस्वीर छनोट भएका छन् । प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो ।

नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट फोटो नेपाल डट ट्राभलमार्फत प्रतियोगितामा सहभागीता जनाइएको थियो । विजयीहरुलाई जनही दश हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.