काठमाडौँ । कोभिड १९ का कारण सरकारले चैत्र ११ देखि गरेको लकडाउनका कारण मध्य असारसम्म पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, प्रतिमहिना सरदर १० अर्बको कारोबर पर्यटन क्षेत्रले गुमाउँदै आएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रुद्रसिंह तामाङका अनुसार, पर्यटन तथा हवाई क्षेत्रले साढे ३ महिनामा ३४ अर्ब नोक्सानी ब्यहोरेको हो । साउन ७ सम्म मन्त्रालयले थप ७ अर्ब नोक्सानी पुग्ने दाबी गरेको छ । नेपाल पर्यटन बोर्ड तथा नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययनले यस्तो देखाएको हो ।
पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रमा आबद्ध व्यवसायलाई ५ प्रतिशतमा कर्जा उपलब्ध गराउने कार्यक्रम बजेटमार्फत ल्याइएको जनाएका छन् । उनले पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनु पर्ने रकमका लागि अवधि बढाइएको, लकडाउनमा लाग्ने डिमरेज चार्जमा छुट दिइएको, २० करोड रुपैयाँको पर्यटन पुनर्उत्थान कार्यक्रम ल्याइएको जनाए । त्यस्तै होटलका लागि भ्याट दाखिला गर्ने २ महिनाको समयलाई चार महिना पुर्याइएको बताए । साभारः इकान्तिपुरबाट
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।