म त लालीगुराँस भएछु, बनै भरी फूली दिन्छु…

May 9, 2020     Paryatan Yatra

पाँचथर । गुराँसका फूलले यति बेला प्रदेश १ का धेरै बनपाखाहरु ढपक्कै ढाकिएका छन् । अनेकन प्रजातीका गुराँस फूल्दा बन क्षेत्र सोभायमानमात्र भएन मनै हर्ने आर्कषक भईदिएका छन् । तर आन्तरिक पर्यटकले समेत यसको मजा लिन पाएका छैनन् ।

कोरोना भाईसर (कोभीड१९) को प्रकोपले अन्य क्षेत्र झै पर्यटन क्षेत्रपनि यो पल्ट नराम्ररी थलियो । गुराँसका बगैचाहरु सुनसान देखिए । गुराँसको सिजनमा चम्कीने होटल व्यवसाय पूर्ण रुपले ठप्प भए । यस पल्ट गुराँस भने औधीनै फूले । गुराँसको राजनधानी भनेर चिनिने टिएजे क्षेत्रमा गजबै गुराँस फूले ।

गुराँसको सिजनमा चहलपहल हुने पाँचथरको सुकेपोखरीका घर, होटल सुनसान देखिन्थे । गुराँस यो पल्ट गजबले फूलेको सुकेपोखरीका फौदमान तामाङ बताउँछन् ।

पछिल्ला अध्ययन अनुसार नेपालमा ३३ प्रजातीका गुराँस पाईन्छ । कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरुनामक अनुसन्धानमुल पुस्तकमा उक्त कुरा उल्लेख छ । प्रदेश १ का जिल्लाहरुमा ३१ प्रजातीका गुराँस पाईने अध्ययनले देखाएको छ । गुराँस फूल्नथालेपछि पहाड र हिमालका डाडाँहरु रङ्गीविरङ्गी बनेका छन् । फाल्गुनदेखि जेठसम्म बेसी गुराँस फूल्ने गरेको पाईन्छ । गुराँससँग जोडिएका अनेकन बिम्बहरु छन् ।

बन तथावातारण मन्त्रालयको बन तथा भुसंरक्षण विभागले प्रकाशित गरेको गुराँस संरक्षण कार्ययोजना २०७५२०८० का अनुसार नेपालका पूर्वदेखि पश्चीमसम्म ४३ जिल्लामा विभिन्न प्रजातीका गुराँस फूल्ने उल्लेख गरीएको छ । नेपालमा गुराँसका प्रजातिपाइने मिश्रित वन सहित  ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर क्षेत्र  रहेको वन अनुसन्धान तथा सर्वेक्षण २०७२ मा उल्लेख छ । मुख्यरुपमा १ नम्बर प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के, जलजले), ताप्लेजुङ्गको पाथीभारा क्षेत्र, पाँचथरको छिन्तापुसुकेपोखरी, च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाँउहरु गुराँसकालागि चर्चित छन् । यस्तै बागमती प्रदेशका दामनसिमभञ्याङ, रसुवा क्षेत्र लगायका क्षेत्र चर्चित छन् । यस्तै गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसकालागि चर्चित छन् । यस्तै कर्णालीको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला, दैलेखको गुरासेक्षेत्र चर्चित मानिन्छ । सुदुरपश्चिम प्रदेशका बझाङ्ग, बाजुरा, दार्चुला, डोटीडडेल्धुराबैतडी लगायतका क्षेत्र चर्चित रहेको पाइन्छ ।माथिका तस्विरहरु पाँचथर जिल्लाका हुन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.