तराईका धेरै जिल्लामा लकडाउन उल्लंघनका घटना भइरहेका बेला प्रदेश १ को पर्यटकीय जिल्ला धनकुटामा भने यसको पालना कडाइपुर्वक भैरहेको छ । पुर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार पर्यटकीय केन्द्र भेडेटार बजारमा कोसी राजमार्गको यात्रा गर्दै पुगेका सवै सवारी साधनहरुलाई प्रहरीले रोक्ने गरेको छ। सवै यात्रुहरुलाई ओरालेर कुन उद्देश्यकासाथ कहाँसम्म जाने भन्ने विवरण मागिन्छ । लकडाउनमा सवारीसाधन चलाउने अनुमति छ छैन् देखाउनु पर्छ । धनकुटा सदरमुकामको निशान मन्दिर अगाडी बनाएको एभोकडोको स्तम्भ ।
त्यसपछि स्वास्थ्यकर्मीले ज्वरो नाप्छन् । सवारी सधानमा औषधि छिट्ने काम हुन्छ । ड्युटीमा रहेका प्रहरीले जिल्लाका प्रहरी प्रमुखसंग गाडी नम्बर र त्यहाँ सवार यात्रुको विवरण गन्तव्यस्थान सहितको विवरण जाहेर गर्छन् । त्यसपछि आदेश भयो भने मात्र त्यो सवारी साधनले धनकुटा प्रवेश पाउँछ । जिल्लाका अधिकांस राजमार्गमा पर्ने बजारहरु पूर्ण रुपमा बन्द नै छन । सडकमा मालवाहक केही सवारी साधन र एम्बुलेन्स बाहेक केही सञ्चालनमा छैनन् ।
पूर्वी पहाडी जिल्लाहरुको प्रदेशद्वार भेडेटारमा यात्रुको तापक्रम नाप्दै स्वास्थ्यकर्मी ।
भेडेटारमा गाडीमा औषधि छिट्दै ।
कोसी राजमार्ग अन्तर्गत मुलघाटको तम्मोर नदिमाथिको सुनसान पुल ।
सुनसान पर्यटकीय हिले बजारमा राखिएको तोङ्बाको स्तम्भ ।
सुनसान सिधुवा बजारमा फुलकोभीको स्तम्भ ।
सुन्तोला कलरले रंगाइएका धनकुटा बजारको ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।