काठमाडौँ — कारोना भाइरसले फैलाएको विश्वव्यापी त्रासका कारण नेपाल सरकारद्वारा लगाईएको लकडाउनको पालना नियमबद्ध तरीकाले गरिरहेकै थिएँ । घरभित्रै बसेको कयौं दिनपछि भने मन थाम्न गाह्रो भयो । अनि म क्यामेरा लिएर घरबाट सबैभन्दा नजिकको जँगलमा गएँ ।
मानिसको उपस्थिति बिना शान्त भएर बसेका चराहरुको केहीथान तस्बिर लिएँ। चराप्रेमीका लागि लकडाउनको बेला यो पनि ठूलो उपलब्धि हो भन्न्ो लागेको छ।
लकडाउनले मानिसहरुलाई घर भित्र राखेको छ भने जीवजन्तुलाई खुल्ला। गाडी, कलकारखाना, मान्छेको जमात आदिले गर्दा हुने होहल्ला नभएरै होला आजभोलि सहरी इलाकामा पनि निकै चराहरु देखिन थालेका छन्। छोटो समयको लागि भए पनि खुला जंगलमा हुँदा त्यहाँ रहेको जीवजन्तु रमाई रहेको अनुभुति जो कोहिले गर्न सक्छ।
जंगलमा एकैछिन बस्दा लाग्यो, पृथ्वीले अहिले आफ्ना घाउहरु सुम्सुम्याउने मौका पाएको छ। यस्तो लाग्यो, मानौं हामीले बन्जर बनाइदिएको जमिनमा फेरि घाँस उम्रिदैछ। हामीले भाँचेर, काटेर क्षतविक्षत बनाएका रुखमा फेरि पालुवा पलाउँदैछ। शिकारीको प्रहारले घाइते भएका जनावरहरु सुस्ताउन पाएका छन्। र, चराहरु आनन्दले उड्न पाएका छन्। रुखका फल र फूलमा पूर्णत चराहरुको हक कायम भएको छ, मानिसको कब्जाबाट जंगल बल्ल मुक्त भएको छ।
साभारः इ कान्तिपुर
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।