विराटनगर । अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी ९विराट एक्स्पो० आजबाट विराटनगर–२ को शंकरपुर मार्ग, ९विराट नर्सिङ होम पुर्व० सुरु भएको छ । शुक्रबार संघिय सरकारका अर्थ मन्त्री डा युवराज खतिवडाले एक भब्य समारोह बिच एक्स्पोको उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा संघिय सरकारका उद्योग राज्य मन्त्री मोतीलाल दुगड, प्रदेशका आन्तारिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, पर्यटन मन्त्री जगदिश कुसीयैत, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगाएतको उपस्थिती रहेको थियो । प्रदर्शनीको मुख्य आकर्षणहरुमा जुम्लाको स्याउ, मार्सि चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, वरमझियाको पेडा, सुपारीको टपरी, ईलामको ललिपप, अर्गेनिक, ग्रिन र अर्थोडक्स चिया, किवि, तेह्रथुम र संखुवासभाको अल्लो रहेका छन् । प्रर्दशनीमा हस्तकला, कृषि यन्त्रहरु, वैंक तथा विक्तिय संस्थाहरु सेवामुलक उद्योगहरुको स्टलहरुका छुट्टै पेभेलियनको व्यवस्था गरीएको छ । नेपालका प्रतिष्ठित उद्योग÷व्यवसायका दैनिक उपभोग्य वस्तु तथा उत्पादनहरु, सूचना प्रविधि, गार्मेन्टस तथा जुत्ता चप्पलहरु, ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकका सामानहरुको छुट्टै पेभेलियनका साथै भारत, पाकिस्तान र वंगलादेशका गार्मेन्ट, किचन सामाग्रि तथा औद्योगिक उत्पादनहरुको स्टल समेतको छुट्टै पेभेलियनको व्यवस्थाका साथै अटोमोवाईल्सको अलग्गै परिसरको व्यवस्था गरिएको छ । यसका अतिरिक्त हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारी र वालवालिकाका लागि फनपार्कका साथै अस्ट्रिचका साथै ६० प्रजातिका चराहरु राखिने छ भने नेपाली सेनाको सर्पदंश, ट्राफिक सचेतना, रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षको प्रवद्र्धनका लागि प्रदेश १ का ्रपर्यटकीय गन्तब्यको जानकारीहरु एक्स्पोमा राखिएको छ । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला ९ दिनसम्म सञ्चालन हुनेछ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर सिसी क्यामाराको राखिएको छ । मेला आयोजना गर्न २ करोड बढी खर्च लाग्ने अनुमान छ । एक्स्पोमा १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । एक्स्पोमा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल रहने एक्स्पोमा ४० स्टल अन्तर्राष्ट्रिय, ६० वटा स्टल घरेलु तथा हस्तकला, १ सय ६० स्टल औद्योगिक उत्पादन, ३८ वटा अटोमोबाइल्सका छन् । यस्तै १२ वटा बैंक तथा वित्तीय संस्थाका, २० वटा जनचेतनामूलक, खानाका १० वटा स्टल रहेका छन् । एक्स्पोको अबलोकन ३ लाख बढीले गर्ने अयोजक समितिले दाबी गरेको छ ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।