विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार ‘कोशी टप्पु प्रथम महोत्सव’ को उद्घाटन गर्नु भएको छ । चराको स्वर्ग भूमि र अर्नाको राजधानी भनेर चिनिदै आएको कोशी टप्पु वन्य जन्तु आरक्षमा आइतबारदेखि शुरु भएको महोत्सव ११ दिन सम्म चल्ने छ । चरा र अर्नाप्रति मोहित हुने आन्तरिक तथा बाह्य एक लाख पर्यटक भित्रयाउने लक्ष्यका साथ कोशी गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।
महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईंले प्रदेश सरकारले पर्यटकीय स्थलहरुको पहिचान गर्दै श्रोत साधन, पूर्वाधार निर्माण गर्न तथा प्रचारप्रसार गर्न लागिपरेको बेला कोशी टप्पुमा लागेको महोत्सले अरु स्थानमा पनि सकारात्मक सन्देश जाने बताउनु भयो । कार्यक्रममा प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुशियैतले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै नेपाल भ्रमण वर्ष सफल पार्न सबै साथ र सहकार्य आवश्यक रहेको बताउनु भयो । मुख्यमन्त्री राईलाई कोशी गाउँपालिकाको नहर चौकदेखि महोत्सव स्थल कोशी टप्पु वन्य जन्तु आरक्षसम्म हात्ती सफारी गराइएको थियो ।
नेपाल भ्रमण वर्ष २०२० लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटक बढाउन, कोशी टप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन महोत्सव आयोजना गरिएको कोशी गाउँपालिका प्रमुख अयूव अनसारीले बताउनु भयो । महोत्सवमा विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरुको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर, स्थानीय हस्तकला र कृषि उत्पादनहरुको ३० वटा स्टल राखिएको छ ।
कोशी टप्पु आरक्ष २०३२ साला स्थापना भएको हो । तर, यहाँ पर्यटक यकिन गरेर सरकारी स्तरको कार्यक्रम भने पहिलोपटक गरिएको हो । नेपालमा कुल ८ सय ८८ प्रजातिका चरा पाइन्छन् । जसमध्ये लगभग २ सय प्रजाति सिमसारमा निर्भर छन् । हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन् । कोशी टप्पुमा मात्र पाँच सय २६ प्रजातिका चरा पाइने गरेका छन् । यहाँ विश्वमै संकटापन्न सुचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन् ।
कोशी टप्पुमा अर्नाको संख्या भने अहिले ४१९ वटा छन् । १३ वटा अर्ना अघिल्लो बर्ष चितवान राष्ट्रिय निकुञ्ज सारिएको थियो । सप्तरी, उदयपुर र सुनसरी गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यो क्षेत्रमा छाडा चौपाया छाड्ने अर्नाको आहारा संकटमा पदैं आएको छ । अर्नाको सरदर आयु २५ बर्षको हुन्छ र पोथीले जीवनकालमा पाँचवटा बच्चासम्म जन्म दिन्छ । भाले अर्ना १८ महिनामा र पोथी अर्ना २ देखि ३ बर्षको उमेरमा प्रजननयोग्य हुन्छ । गर्भधारण अवधि १० देखि ११ महिना रहन्छ । एक्लो भाले र बच्चासँग पोथी आक्रमक स्वाभावको हुन्छ ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।