रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी

January 28, 2020     Paryatan Yatra

विराटनगर । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृतमा धनन्जय रेग्मी नियुक्त हुनु भएको छ । पर्यटन बोर्डको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले स्याङ्जाका रेग्मीलाई कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त पदकालागि १७ जनाले आवेदन दिएका थिए । नव नियुक्त रेग्मीले जापानबाट हिमनदी र हिमाली बस्तीमा विध्यावारिधि गर्नु भएको छ । दिपक जोशीको कार्यकाल सकिएपछि बोर्डको कार्यकारी अधिकृत खाली भएको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.