हिउँ खेल्न जाने होइन तीनजुरे, मिल्के, जलजले ?

January 7, 2020     Paryatan Yatra

विराटनगर । तेह्रथुम र संखुवासभाको सीमावार्ती क्षेत्रमा हिउँ खेल्न जाने क्रम अहिले पनि रोकिएको छैन । हिउँ पर्न कम भए पनि पग्लिन समय लाग्ने भएकाले दुई दिनअघि परेको हिउँ अहिलेसम्म छ । अझै तीन दिन हिउँ खेल्न पाइने स्थानीयले बताए । तेह्रथुमको वसन्तपुर बजारभन्दा करिब ३ किलोमिटर उत्तरतर्फ रहेको गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रका डाँडाहरू हिउँले सेताम्मे भएका छन् ।
यी तस्बिरहरू मंगलबार मध्यान्हपछि लिएका हुन् । हिउँ खेल्न जान धरानबाट धनकुटा, हिले, जोरपाटी, सिधुवा, चित्रे हँुदै वसन्तपुर बजारसम्मको कोशी राजमार्गको यात्रा गर्नुपर्छ । धरानबाट करिव ३ घण्टाको यात्रापछि वसन्तपुर बजार पुगिन्छ । वसन्तपुर बजारमा बस्नका लागि राम्रा होटलहरूको व्यवस्था छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.