धनकुटा । अंग्रजी नयाँ बर्ष २०२० को स्वागत गर्दै मंगलवार पर्यटकीय बजार भेडेटारमा आठौं फुड फेस्टिवलको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नु भएको छ । परम्परागत जातिय खानाका परिकार, स्थानीय अर्गानिक कृषि उत्पादनका बस्तुहरु महोत्सवका आकर्षण रहेका छन् ।
यसका साथै भेडेटार, नाम्जे, ओख्रे, राजारानी, सागुरिगढि, नमस्ते झरना, लेउती–उत्तरगंगा, बिश्रान्तिधाम लगायतका पर्यटकिय श्रृखंलाको प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले फोटो प्रदर्शनी समेत राखिएको छ । महोत्सवका लागि तराईका विभिन्न जिल्ला छिमेकी देश भारतका विभिन्न सहरवाट पर्यटकहरु भेडेटार पुगेका छन् । होटल एसोसिएसन भेडेटारले हरेक बर्ष यस्तो महोत्सव गर्दै आएको छ । होटल एशोसिएशन भेडेटारको आयोजनामा यो महोत्सव तीन दिनसम्म सम्म चल्ने छ । आन्तरीक तथा बाह्यि पर्यटन प्रबद्धन गर्ने उदेश्यले पर्यटकीय स्थल भेडेटारमा अंग्रजी नयाँ वर्ष २०२० को अवसरमा आठौं खाना महोत्वसवको आयोजना गरिएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनु भयो । पुस १५, १६ र १७ गते हुने फेस्टिवलमा आउने पाहुनालाई बस्नको लागि भेडेटारका होटलहरुले १० प्रतिशत छुटदिने उहाँले जानकारी गराउनु भयो । स्थानीय होमस्टे लगाएतका होटल र स्टलहरुमा राई मगर, लिम्बु गुरुङ्ग, याम्फु लगाएत स्थानीय १० जातीका परंपरागत खानाका परिकार राखिएको छ ।
पर्यटन बर्ष २०२० को अवसरमा भेडेटारबाट सुनसरीको धरानसम्म प्याराग्याईडिङ र माउन्टेन वाईकको घोडचडि विशेष आकर्षण रहेका छन् । भेडेटारमा हुने फुडफेस्टिबल संगै पाथिभरा मन्दिर नमस्ते झरना साथै ऐतिहाँसिक साँगुरी गढि घुम्ने प्याकेज तयार गरिएको छ । तमोर नदीको मुलघाट देखि सुनसरीको चतरासम्म ¥याफ्टीङ सेवा लगाएत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पुग्न प्याकेज कार्यक्रम समेत तयार गरिएको हाटल एसोयसन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावतीले बताउनु भयो ।
विषेश गरी भारतीय पर्यटकको आर्कषणको केन्द्रको रुपमा विकास हुँदै गरेको भेडेटारमा हुने फेस्टिबलमा पर्यटकीय आर्कषण खानाका परिकारसंगै अर्गानिक तरकारी तथा फलफुलको प्रर्दशनी, हस्तकलाका सामग्री, कृषि सामाग्री प्रर्दशनीका आकर्षण रहेका छन् । यसवर्ष ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्राउने योजना सहित सुरु गरिएको फेष्टिवलमा एक करोड रुपैंया बरावरको आर्थिक कारोवार गर्ने योजना रहेको अध्यक्ष रुम्दालीको भनाई रहेकोछ ।
भेडेटार क्षेत्रका साँगुरीगडी लगायत पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जेमा रहेको आत्माघर, शैलुङडाँडा भ्यूटावर, थुम्की बौद्धविहार गुम्बा, जनजाती पार्क लगायतका ठाउँसम्म पर्यटक लैजाने ३ दिने प्याकेज बनाइएको छ । भेडेटारको नाम्जेमा रहेको होमस्टेको बास संगै मगर जातीका खाना परिकार एवं हुर्रानाँच लगाएत सँस्कृतिक झाँकी संगै रम्न सकिने आयोजकले बताएका छन । यसै गरी माउण्टेन फ्लाईटको हेलिकप्टरबाट ताप्लेजुङ्गको पाथिभरा मन्दिर एवं माउण्टेन फ्लाईटको समेत व्यवस्था गरिएको छ । भेडेटारका सुविधायुक्त ६५ ओटा होटलमा चार सय कोठाहरु रहेका छन् ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।