विराटनगर । भ्रमण बर्ष २०२० मा प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । मुख्यमन्त्री शेरधन राईले भ्रमण बर्षमा ५ लाख पर्यटक प्रदेशकामा आउने दावी गर्नु भयो । उहाँले प्रदेशको विकास र समृद्धिको जगनै भ्रमणवाटै सुरुवात हुने बताउनु भयो ।
भ्रमण बर्षको उद्घाटन समारोहलाई भब्य बनाउने उदेश्यका साथ सोमवार प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिकले मुख्यमन्त्रीको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री राईले यो बर्ष नेपाल चिन्ने अनि विदेशीलाई चिनाउँने वर्ष भएको बताउनु भयो । अबको १० वर्षमा प्रदेश १ नेपालकै पहिलो पर्यटकिय क्षेत्र बन्ने मुख्यमन्त्री राईको दावी थियो । मुख्यमन्त्री राईले पर्यटन विकास गर्न प्रदेश १ को पर्यटन गुरुयोजना तयार पार्ने बताउनु भयो ।
विराटनगरको सहिद रंगशालामा भ्रमण बर्षको उद्घाटनमा दश हजार जना भन्दा वढि सहभागि गराउने लक्ष्य प्रदेश सरकारले लिएको छ । हेलिकोप्टरबाट पुष्प बृष्टि, बेलुन र ड्रोनबाट झण्डोतोलन सहितका कार्यक्रम राखेर प्रदेश १ मा भ्रमण वर्षको उद्धघाटन गर्ने तयारी गरिएको छ ।
सोमबारको छलफलमा मुख्यमन्त्रीका साथै प्रदेशका अन्य सबै मन्त्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रमा नेपाली सेनाका पृतनापति अनन्तवहादुर कार्की, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सचिवहरुका साथै पर्यटन व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले उद्घाटन कार्यक्रमको खाकाबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले महोत्सवलाई भव्य बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
हाम्रो टिम
अध्यक्ष: भविशकुमार श्रेष्ठ
प्रधान सम्पादक: लीलावल्लभ घिमिरे (९८५२०२३४२२)
सम्पादक: निरज दाहाल
बिशेष संवाददाता: डेविड घिमिरे (९८२९३२१४८३ )
घुमघाम मिडिया प्रा.लि. विराटनगर, मोरड.
पर्यटन यात्रा डट कम {paryatanyatra.com}
सूचना तथा प्रसारण विभाग दर्ता : १६१५-०७६-२०७७
पृष्ठहरु
लिंकहरू
हाम्रा बारेमा
पर्यटन यात्रा डट कम एउटा विशुद्ध पर्यटन न्युज पोर्टल हो । ‘विकासका लागि पर्यटन’ भन्ने मुल नारालाई सफल बनाउन पर्यटकीयस्थलहरूको समाचार, डकुमेन्टी, तस्बिरलगायतका सामग्रीहरूलाई बाहिर ल्याउनका लागि पर्यटन व्यवसायी र पत्रकारहरूको समूह मिलेर सुरु गरेको हो । यसमा पर्यटनका सबै खाले सामग्रीहरूलाई समेट्ने प्रयास गरिनेछ । साथै तपाईंहरूले समेत भिडियो र तस्बिरमा पर्यटनका प्रकाशन र प्रशारण योग्य सामग्री पठाउन सक्नु हुनेछ । त्यसका लागि हामीले मेरो तस्बिर र मेरो भिडियोका दुई कोलम राखेका छौं । त्यसमा तपाईंले paryatanyatrabrt@gmail.com मा सामग्री पठाउन सक्नु हुनेछ । ती सामग्री प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्नेछौं ।