खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान

December 23, 2019     Paryatan Yatra

विराटनगर । ओखलढुंगाको खिजीदेम्वा स्थित खिजीचण्डेश्वरी विमानस्थलमा सोमबार परीक्षण उडान गरिएको छ । तारा एयरको नाइन एन एइभी विमानले परीक्षण उडान गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराई र संघीय संसदको विकास समितिको टोली सहित गरिएको परिक्षण उडानमा जानु भएको थियो ।

हामीले यी तस्विर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको फेस वुक पेजवाट लिएका हौं । ओखलढुंगाहुँदै सगरमाथा जान अति उपयुक्त पदमागका बीचमा रहेको विमानस्थल नियमित चल्न सके पर्यटक भित्र्याउन सहज हुने छ ।

  यो विमानस्थल सम्पन्न गर्नै १३ वर्ष लागेको थियो । ३ करोड बढी खर्चेर बनाइएको उक्त विमानस्थल २०६३ सालमा निर्माण सुरु भएको थियो । यो विमानस्थलबाट ४ घण्टा पैदल दूरीमा नेपालका ७ अग्लामध्येको एक देम्वाडाँडा समेत रहेको छ । यो विमानस्थलको रनवे ४० मिटर चौडा र पाँच सय ८० मिटर लामो छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.