सर्वनाममा नवोदित र राई प्रस्तुत

December 19, 2019     Paryatan Yatra

काठमाडौं । काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत हुनुभएको छ ।
हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राई प्रस्तुत गरे । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्याउने गरेको छ । पत्रकारसमेत रहेका नवोदितले ‘जुन र आमा’, ‘देशको नाममा’, ‘युगको अन्तिम रात’, ‘अन्तिम इच्छा’, ‘प्रेम र तस्बिर’, ‘देश छाड्नुअघि’, ‘अर्गानिक अनुहार’, ‘कुरुप समयको बयान’, ‘बा हुनुको अर्थ’लगायत शीर्षकका कविता वाचन गरेका थिए । नवोदितको यसअघि काठमाडौंको राष्ट्रिय नाचघर र पोखरा थिएटरले पनि एकल कविता वाचन कार्यक्रम गरेका थिए । त्यस्तै नुहाङले ‘जुत्ता’, ‘रातो कविता’, ‘सपनाको आगो र पुत्ला’, ‘बुधे’, ‘टाउको बिनाको समय’ लगायत कविता सुनाए । सर्वनामले रंगमञ्च र साहित्य क्षेत्रमा काम गर्र्दै आएको कार्यक्रम संयोजक राज शाहले बताए ।
कविता वाचनअघि सर्वनामका अध्यक्ष अशेष मल्ल र वरिष्ठ साहित्यकार डा. विष्णुविभू घिमिरेले दुवैजना कविलाई सम्मान गरेका थिए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.