मोरङ कारागारमा स्वास्थ्य शिविर

December 1, 2019     Paryatan Yatra

विराटनगर । मोरङ जिल्ला कारागारमा विराटनगर महानगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतवार आयोजना गरिएको शिविरमा ३ सय ९६ जना कैदी बन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

महानगरको जनस्वास्थ्य महाशाखाका प्रमुम रमेश कार्कीका अनुसार स्वास्थ्य परीक्षण बिरामीमध्ये ९० प्रतिशतलाई छाला सम्बन्धी दीर्घ रोगको लक्ष्यण देखिएको छ । कारागारमा ८ सय २८ जना कैदीबन्दी रहेका छन् । शिविरमा नोबेल मेडडिकल कलेजका ६ जना चिकित्सकसहित १३ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यस अवसरमा विराटनगर महानगरका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दीरा कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल पनि सहभागी हुनु भएको थियो । कैदीबन्दीमा छाला, आँखा  र मानसिक सम्बन्धी स्वास्थ्य समस्या पनि देखिएको चिकत्सकले बताएका छन् ।

यसैगरी महिला कारागारमा रहेका कैदीबन्दीका लागि स्त्रीरोग सम्बन्धी शिविर आवश्यक रहेको पाइएको छ । महिला कारागारमा १ सय जना कैदीबन्दी रहेका छन् । मोरडका प्रमुख जिल्ला अधिकारी भुजेलले आँखा, मानसीक र स्त्रीरोग सबन्धी शिविरको तयारी भइरहेको जनाए ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.