ट्रेकिङ रुटको सम्भावना बोकेको सुकेपोखरी

September 17, 2019     Paryatan Yatra

पाँचथर सदरमुकाम फिदिमबाट करीव ३२ किलोमिटर दक्षिण पूर्वमा रहेको सुकेपोखरीलाई ट्रेकिङ रुटका लागि विकास गर्न सके राम्रो गन्तव्यस्थल बन्न सक्छ । फिदिम सदरमुकाबाट २२ किलोमिटर कालोपत्रे सडकमा यात्रा गरेपछि पौवाभन्ज्याड पुगिन्छ । त्यहाँबाट सुकेपोखरी सम्मका लागि थप १० किलोमिटर ग्रोभेल सडकको यात्रा गर्नुपर्छ । पौवाभन्ज्याङसम्म सर्वजनिक यातायातका साधन पाएपनि सुकेपोखरी पुग्न भने भाडामा सवारी साधन लिनुको विकल्प हुदैन् । सुकेपोखरी फिदिम नगरपालिकाको १४ नम्बर वडामा पर्छ ।
पाँचथरका धेरै पर्यटकीय स्थलमध्ये सुकेपोखरी एक महत्पूर्ण गन्तव्यमा आउन सक्छ । लेकाली भू–बनोट तथा भौगोलिक विशिष्टताले भरीपूर्ण यो पोखरी आफ्ैंमा धेरै आकर्षक छ । तर, लामो समयदेखि यो पोखरी भौतिक विकास र प्रचारको पर्खामा बसेको छ ।
सुकेपोखरी, लोकहिल, नागढुंगा, महादेव गुफा, कुहिभीर जस्ता घुम्नका लागि उपयुक्त ठाँउहरु आसपासमा छन् । यो पोखरी अर्को सुन्दर पक्ष मौसम पनि हो । पोखरीको आँगनमा देखिने हिमाल मात्र हैन् विभिन्न प्रजातिका गुराँस फूलेपछि यहाँको माहोल नै अर्कै हुन जान्छ । हिउँदमा वरिपरिका डाँडापाखाहरु हिउँले सेताम्मे बन्ने गर्छन् । जंगल सफारीका लागि पनि यो क्षेत्र उपयुक्त छैन् । यो क्षेत्रलाई ट्रेकिङ रुटका रुपमा विकास गर्न लक्ष्य लिएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विनोदकुमार दाहाल बताउनु हुन्छ । सडक खन्ने काम त भएको छ तरपनि यसलाई पूर्ण रुपमा टे«किङ रुटका रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाको रहेको उहाँको भनाइ छ । सदरमुकाम फिदिमबाट ट्रेकिङ रुटको सबैभन्दा उत्तम स्थान यो क्षेत्र हुनेमा दुईमत छैन ।
यहाँको विविधतालाई पर्यटनको रुपमा विकास गर्न फिदिम नगरपालिका लागि पारेको मेयर ओनाहाङ नेम्बाङले बताउनु भयो । छर्लङ उघ्रिएको आकाश, हरिया लोभलाग्दा डाँडाहरुसँग लुकामारी खेल्दै उठेको भुर्इंकुहिरोले बनाएको आकर्षक दृश्य देखिन्छ । जुन आर्कषक र कल्पनाशिलतामा भुलाउन सक्ने क्षमता राख्छन् । हरिया डाँडाहरु, मिलेका साना–साना रुखहरु, केही घर, पहाडका थुम्कीला डाँडहरु मन तान्ने किसिमका छन् । मेची राजमार्गको पौवाभञ्याङ छाडेपछि कच्चीबाटो हुँदै यहाँ पुगिन्छ । पदयात्रा गर्न उक्तम हुन्छ । एक घण्टाको बाटो । फराकिला चउरा, साना बोटहरु बढो रमाईलो दृष्य छ । पदमार्गको विकास गरिएको छ ।
गोठ पाल्ने चलन छ । रेडपाण्डालगायतका बन्यजन्तु पाइन्छ । विभिन्न बहुमूल्य जडिबुटी यहाँको विशेषता हुन । गुराँस फूलेर ढकमक्क हुने नयाँ वर्षको बेला ठूलो मेला लाग्छ । कुमारी पहाडमा कङ्र्किटका महलभन्दा स्थानीयतालाई प्राथमिकतामा राख्नु उपयुक्त देखिन्छ । मेची राजमार्गको पौवाभञ्याङदेखि सुकेपोखरीसम्म सडक छ । पौवाभञ्याङदेखि हाईकिङ‘ गर्नु उपयुक्त । लेकमा जाडो हुन्छ । जेठमा समेत जाडोँ हुने भएकाले तातो लुका बोक्न उपयुक्त । खासै लेक लाग्दैन । सुकेपोखरीमा घरहरु छन् । होमस्टेको विकास गरिदैँछ । स्थानियहरु यि क्षेत्रको विकासका लागि उत्साहित छन् । अन्यत्र जान स्थानियसँग समन्वय गर्दा उपयुक्त । पौवाभञ्याङ देखि पदमार्गको केहि काम भएको छ । जरिवुटि प्रसस्त पाईन्छ । यहाँको उत्पादन आर्कनीक । लेकाली आलु खुव मिठो । सिस्नुको कुरै नगरौँ । खाएको पच्छ । मेचीराजमार्गको पौवा भञ्याङ उकालिन सकिन्छ । पौवादेखि आर्कषक ठाँउहरु घुम्दैँ सन्दकपुर पुग्न सकिन्छ । लेकाली पहाडको स्वरुप सहजै अवलोकन गर्न यो उपयुक्त मानिन्छ ।
सुकेपोखरीमा लेकाली आलु, लोकल कुखुरा, तोङ्बा, लोठसल्लाको चिया जस्ता स्थानीय उत्पादन चाख्न पाइन्छ । लेकाली फूलको माला गलामा सजाएर स्थानियको अत्मीय स्वागतको प्रिय अनुभुक्ति ग्रहण गर्दै तस्विर खिचाउनेको लहर देखिन्छ । डेटिङ स्पोटको रुपमा विकास गर्न सकिने चर्चा हुन्छ । मेची राजमार्ग नबनेसम्म पाँचथर, ताप्लेजुङ, तेह्रथुकमा मानिसहरुको मधेश झर्ने, इलाम जाने बाटो यही थियो ।
यो ठाँउ राजनीतिक रुपमा पनि चचित रहेको छ । २०१७ फाल्गुन १६ गतेको कुरा थियो । पाँचथरको सुकियापोखरी (हालको सुखेपोखरी) तत्कालिन मुक्तिसेनाले प्रहरीलाई नियन्त्रणमा लिएर हतियार कब्जा गरेका थिए । २०१७ साल पुष–१ गते राजा महेन्द्रले कु गरेपछिको पहिलो सशस्त्र विद्रोह थियो । यहीबेला वीपी कोईराला जेलमा र सुर्वण सम्शेर भारतमा थिए । त्यहिबेला यहाँका तन्नेरीहरुले विद्रोहको आँट गरेका थिए । यहिभएर यो ठाँउ ऐतिहासिक छ । नांगढुंगा उचाईमा पर्छ । पाटेनागी, विर्खे डाँडाहरु पुग्न सकिन्छ । यही बाटो भएर पौवाभञ्याङदेखि सन्दकपुर पैदलै पुग्न सकिन्छ । डाँडाहरु आर्कषक छन । अनेक किसिमका नयाँपन देख्न पाइन्छ । महादेव गुप्तेश्वर साक्षत देवीको रुपमा लिइन्छ । यो ठाँउमा केही घण्टा हिड्दा पुगिन्छ । ढुंगामा खोपिएका विभिन्न आकृति छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.